प्रमुख तीन पार्टीभित्र विभाजन गर्न भारतीय जासुस काठमाडौमा सक्रिय
संविधान जारी हुनु पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीले आफ्ना विशेष दुत नेपाल पठाएका थिए । दुतको संदेशलाई लत्याउँदै तीन दलले संविधान जारी गरेपछि पार्टीभित्र विभाजन गर्ने खेल भारतले सुरु गरेको हो । तीन पार्टीभित्र विभाजन गर्न भारतले जासुसी एजेन्सी ‘र’ का पूर्बप्रमुख अवधेस विहारी माथुरसहित पाँच जनाको टोली नेपाल खटाएको छ ।
पार्टी बिभाजन गरी नेपाली राजनीतिलाई कमजोर बनाउने उदेश्य बोकेर नेपाल आएको माथुर टोलीले आफ्नो पहिलो प्रयोग एकीकृत नेकपा माओवादीबाट सुरु गरेको छ । ‘पहिले एमाओवादीभित्रका मधेसी सांसद र पछि बाबुराम भट्टराईलाई पार्टीबाट अलग गरायो’ एमाले उपमहासचिव घनश्याम भुषालले भने ‘उनीको नेतृत्वमा मात्र नेपाली जनविश्वासको पार्टी बन्न नसक्ने भएपछि नयाँ पार्टी गठन हुन सकेको छैन ।’
एमाओवादीबाट बाबुराम भट्टराई र मधेसी सभासद्हरुलाई अलग गराएपछि माथुर टोलीको दोस्रो निशाना एमाले रहेको छ । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालसँग एक साताभित्र तीन पटक भेटेका माथुरले घुमाउरो पारामा प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । ‘भारतले तपाईलाई प्रधानमन्त्री भएको हेर्न चाहेको छ’ माथुरको भनाई उर्दृत गर्दै भुषालले भने ‘यसरीसम्म माधव कमरेडलाई उकास्न उनीहरु पुगे ।’
माधव नेपालले माथुरको प्रस्तावलाई ठाडै अस्वीकार गरेपछि उनीसँगको टेलिफोन संवाद र भेटघाट भने उनीहरुको निरन्तर भइरहेको छ । तर पनि माधव नेपालले यो बिषयमा उनीहरुका कुरा सुन्न पनि तयार भएका छैनन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses