अमेरिकाबाटै नेपाल माथि मोदीको अर्काे प्रहार
काठमाडौं, ११ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आन्तरिक मामिलामा हस्तक्षेप गरी अघोषित नाकाबन्दी गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरुद्ध अर्काे प्रहार गरेका छन् ।
हाल अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मिएको बताएका छन् । क्यालिफोर्नियाको सन जोसस्थित साप सेन्टरमा भारतीय समुदायलाई सम्बोधन गर्दै मोदीले बुद्ध भारतमा जन्मिएको दाबी गरेका हुन् ।
नेपाल भ्रमणमा आएका बुद्ध नेपालमै जन्मिएको बताउने मोदीले अमेरिकामा आफ्नो सम्बोधनका क्रममा हामी गान्धी र बुद्ध जन्मिएको देशबाट आएका हौं भनेका छन् । उनले बुद्ध भारतमा जन्मिएको दाबी गरेपछि अमेरिकामा रहेका नेपालीहरुले मोदीको विरोध गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.