थरुहट नेताको चेतावनी, ‘अब प्रहरी चौकी होइन सिडीयोलाई आगो लगाउँछौ ’
कैलाली, असोज ७  ।  थरुहट संयुक्त संघर्ष समिती कैलालीका संयोजक होरीलाल चौधरीले अबको आन्दोलन प्रशासन केन्द्रित हुने बताएका छन् ।

बिहिबार धनगढीमा संचारकर्मीहरुसँग कुराकानी गर्दै संयोजक चौधरीले प्रशासनले थरुहट आन्दोलन दबाउन खोजेको भन्दै त्यसको प्रतिकार गर्ने बताए । प्रशासनप्रति आक्रोसित भएका संघीय समाजवादी पार्टीका समेत केन्द्रिय चौधरीले कैलाली जिल्लाका सिडिओ मोहनबहादुर चाँपाईको अब आउदो पाँच पुस्तासम्मका सन्ततीलाई समेत नछोड्ने चेतावनी दिए ।

संयोजक चौधरीले अब जिल्ला प्रशासन कार्यालय कैलालीमा आगो लगाउने आक्रोशपूर्ण अभिव्यक्ति दिए । उनले गाउँघरका गाविस र प्रहरी चौकीलाई नभई थारु आन्दोलन दबाउने सिडियोसहित कार्यालय समेत जालाउने चेतावनी दिए ।  सिडिओले सेना परिचालन र कर्फयुलाई हतियार बनाएर थरुहट आन्दोलन तुहाउन खोजेको आरोप लगाए ।

विभिन्न बाहानामा थारुमाथी दमन गर्न खोजेको आरोप लगाएका संयोजक चौधरीले नागरिक भएर प्रशासन छिर्ने र आन्दोलनकारी रुपमा निष्कने सक्ने बताए । कञ्चनपुरदेखि पूर्वको नवलपरासीसम्म थरुहट प्रदेशको माग गर्दै विगत ४५ दिनभन्दा लामो समयदेखिको थरुहट आन्दोलन पछिल्लो समय अराजक बन्दै गएको प्रतिक्रिया आईरहेका बेला कैलालीमा गाविस–भवन र प्रहरी चौकी माथी आगजनी  र तोडफोड पनि आफुले गरेको चौधरीले बताए  ।

देशमा संविधान जारी भईसकेका बेला, आफ्ना अधिकारका लागी भन्दै सडकमा रहेको थरुहट पक्षले कर्फयु र निषेधआज्ञाले आन्दोलन प्रभावित नहुने ठोकुवा गरेको छ ।

२२ दलको राजनीतिलाई उपेक्षा गरेको गए त्यसको परिणाम राम्रो नहुने उनले बताए । प्रशासनविरुद्ध निकै कडा भएका संयोजक चौधरीले कर्फयु र निषेधआज्ञाले आन्दोलनलाई सहयोग गरिरहेको समेत बताउन पछि परेनन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.