भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी नगर्न उपेन्द्र यादवको चेतावनी
बिहिबार, आश्विन ७,
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन । ‘न्यायोचित अधिकार प्राप्तिका लागि उठेका नेपाली जनताको आवाज सुन्न सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको सन्दर्भमा छिमेकीको हैसियतले भारतले त्यसमा चासो दिनु वा जायत माग सम्बोधनका लागि पहल गर्नु अन्यथा होइन’ बिहीबार प्रेस विज्ञप्ती निकाल्दै यादवले भनेका छन ‘भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ ।’

नेपालको विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेकोले छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन उनले अनुरोध समेत गरेका छन । ‘अहिले मधेश÷थरुहट क्षेत्रको आन्दोलन उत्कर्षमा पुगेसँगै मुलुकको अन्य भू–भागमा पनि भइरहेको आन्दोलनलाई ढाकछोप एवं दबाउने कोशिस गर्नु अदूरदर्शी सोच हो । मधेश÷थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई अरुसँग जोड्नुको सट्टा विगतमा मधेश आन्दोलनका दौरान भएको २२ बुंदे र ८ बुंदे सम्झौता, आदिवासी जनजाति, खस, थारुसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै समस्याको समाधान हुने फोरम नेपालको धारणा प्रष्ट पार्न चाहन्छौ’ उनले विज्ञप्तीमा भनेका छन ‘पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्रले नेपाल सरकार, कतिपय मिडिया, विभिन्न पार्टीका नेता र विभिन्न क्षेत्रबाट  छिमेकी मुलुक भारतविरुद्ध भइरहेको द्वेषपूर्ण टिकाटिप्पणी एवं व्यक्तव्यबाजीप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

शदियौंदेखि कायम रहेको नेपाल–भारतको मित्रवत सम्बन्धलाई प्रतिकूल असर पर्ने गरी भइरहेको क्रियाकलापप्रति उनले दुःख व्यक्त समेत गरेका छन । कहीँकतैबाट नकारात्मक टिकाटिप्पणी नगर्न उनले अनुरोध गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.