संविधान जारी गर्ने समारोह छोडेका बाबुराम भट्टराई फर्के
३ असोज, काठमाडौं ।

संविधान जारी गर्न समारोहबाट बाहिरिएका एमाओवादीका नेता तथा संविधानसभको राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई  पुनः समारोहमा फर्किएका छन् ।
निन्याउरो अनुहार लगाएका बाबुरामले संविधान जारी गर्ने समारोह छोडेपछि सञ्चारकर्मी चकित परेका थिए । ५ बजे संविधानसभा भवनबाट बाहिरिएका उनी आधा घण्टापछि फर्किएका हुन् ।
समारोह छोड्ने बेला सञ्चारकर्मीले किन बाहिरिनु भएको भन्दा बाबुराम बोलेनन् । उनी कालो अनुहार लाएर संविधानसभाबाट बाहिरएका थिए । राष्ट्रपति आउनै लागेको सममया उनी बाहिरिएपछि अनेक अडकलबाजी गरिएको छ । तर उनी राष्ट्रपति अघि नै समारोहमा फर्किएका छन् ।
उनी किन बाहिरिए भन्ने स्पष्ट हुन सकेको छैन । उनले गएर फर्किएका हुन् जानकारी दिएनन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.