काठमाडौंलाई नाकाबन्दी लगाउने मधेसी मोर्चाको निर्णय
बुधबार, ६ असोज
काठमाडौं । भारतीय सरकारले नेपालमा आपुर्ति असहज पार्ने चेतावनि सहित कार्य अघि बढाइरहँदा भारत सरकारलाई नै सहयोग पुग्नेगरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णय गरेको छ ।
सप्तरीको राजविराजमा बसेको मोर्चाको बैठकले काठमाडौंलाई नाकाबन्दी लगाउने निर्णय गरेको हो । मोर्चाले राजमार्गमा मानव सांलो बनाउने निर्णय समेत गरेको छ ।
भारतले संविधान संशोधनकालागि सात बुँदे सुझाव दिएपछि आफ्नो पक्षमा निर्णय हुने अपेक्षा सहित मोर्चाले हौसिएर नाकाबन्दीको निर्णय गरेको हो ।
मोर्चाको बैठकले मोर्चामा आवद्ध दलहरुको कार्यविभाजन समेत गरेको छ ।
जस अनुसार तमलोपाले भैरहवा भन्सार थप्प पार्ने छ । त्यस्तै संघीय समाजवादी फोरमले विराटनगर थप्प पार्ने छ ।
त्यस्तै तराई मधेस सद्धभावनाले काँकडभित्ता र सद्धभावनाले वीरगञ्ज नाका थप्प पार्ने भएका छन् । त्यस्तै मधेस आन्दोलनमा सहभागिता जनाउन चाहनेहरुसँग सहकार्यकालागि चार सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।
बैठक पछि मोर्चाले सात बुँदे विज्ञप्ती जारी गर्दै सरकारी कार्यालयहरु थप्प पार्ने र खुल्न नदिने अनि भारतसँग जोडीएका नाका बन्द गर्ने निर्णय गरेको छ । मोर्चाले बैठकको निर्णय सार्वजनिक गर्दै कसैले पनि यी नाका खुलाउन प्रयास गरे त्यसको प्रतिकार गर्ने उल्लेख छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.