नेपाली मूलका वैज्ञानिक ओझासहितको टोलीले मंगल ग्रहमा बगिरहेको पानीको श्रोत भेट्यो
अमेरिकी अन्तरिक्ष संस्था नासामा आबद्ध नेपाली वैज्ञानिक ओझासहितको टोलीले मंगल ग्रहमा पानीका स्रोत रहेको र भौगोलिक रुपमा सक्रिय रहेको पक्ता लगाएको हो । यसअघि ओझासहितको टोलीले मंगल ग्रहमा पानी भएको पत्ता लगाएको थियो । अहिले वैज्ञानिकहरुले मंगल ग्रहमा गहिरो र तीव्र गतिमा बगेका पानीका श्रोत समेत पत्ता लगाएका हुन् ।
मंगल ग्रहमा पानी भेटेका स्थानको नाम पनि नेपाली
नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले यसअघि नै मंगल ग्रहमा पानीको श्रोत फेला पारेर ती ठाउँलाई नेपाली नाम दिएका थिए । उनले पत्ता लगाएका ठाँउको नाम जोमसोम, दिपायल, पोखरा, काठमाडौं, फेवा, सगरमाथा, रारा, बेगनास र तिलिचो नाम राखेका छन् । उनले सन् २०११ मा नै मंगल ग्रहमा ११ स्थानमा पानी छ भनी सोधपत्र तयार पारेका थिए । उनकोे शोधपत्रको निष्कर्षलाई नासाले ११ जुलाई सन् २०११ मा नै पुष्टि गरेको थियो ।
कहाँ जन्मिएका थिए ओझा
डोटी महादेवस्थान,गाविस–२ मा जन्मिएका ओझा सन् २००८ मा अमेरिका जानु अगाडिसम्म काठमाडौंको म्हैपीमा बस्दै आएका थिए । ग्यालेक्सी पब्लिक स्कुलमा अध्ययन गरेर उनी बाबुको पिएचडीसंगै अमेरिका गएका थिए । मंगलग्रहमा पानीको सतह भएको पत्ता लागेको घोषणासंगै त्यसको अनुसन्धानको श्रेय नेपाली मूलका नागरिक लुजेन्द्रलाई दिइएको थियो ।
लुजेन्द्रलाई भारतीय नागरिक भन्न पछि परेन भारत
नेपालमाथि पटक पटक धावा बोल्ने गरेको भारतले त्यसपछि ओझालाई भारतीय नागरिक भनि प्रचार–प्रसार गरेको थियो । तर ओझाले मंगल ग्रहमा फेला पारेका स्थानलाई नेपालका ठाँउ अनुसार नामाकरण गरेपछि भारतपछि हट्न बाध्य भएको थियो । भारतले नेपालमा पर्ने विश्वको सर्बोच्च शिखर सगरमाथा भारतमा पर्छ मात्रै भनेको छैन । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म पनि भारतमा नै भएको दाबी गर्ने गरेको छ ।
khabardabali
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses