युवतीले सेक्स गर्न कन्डम चोर्दा…
बर्लिन । जर्मनीको बर्लिनस्थित दर्मस्टादमा आफ्नो केटा साथीसँग सेक्स गर्नका लागि कन्डोम चोरेको अभियोग लागेपछि १९ वर्षीया मुस्लिम युवतीको हत्या गरिएको छ ।
लारीब नाम गरेकी युवतीले ब्वाईफ्रेन्डसँग सेक्स गर्नका लागि एक दुकानबाट कन्डोम चोरेकी थिइन् । सो आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
छोरीको यो हर्कत देखेर पाकिस्तानी मुलका ५१ वर्षीय असादुल्लाह खानले आफ्नी छोरीलाई घरभित्रै घाटी थिचेर हत्या गरेको डेली मेलले आफ्नो समाचारमा जनाएको छ ।
छोरीको हत्याको आरोपमा प्रहरीले खानलाई पक्राउ गरेको छ । खानले पनि आफूले छोरीको हत्या गरेको स्वीकार गरेका छन् ।
लारीबकी आमाले छोरीलाई आफूले बचाउन नसकेको बयान दिएकी छिन् । लारीबलाई हत्या गर्ने दिन कान्छी छोरी नीदालाई बाबु र आमाले आफन्तको घरमा बस्न पठाएका थिए ।
लारीबले आफ्ना बाबुको इच्छाविरुद्ध ब्वाईफ्रेन्ड बनाइ सेक्स गर्दै आएको डेली मेलले जनाएको छ । खान परिवारले अहिले अदालतमा मुद्दा खेपीरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses