भारतको एजेण्डा लिएर बाबुराम तराई जाने
काठमाडौँ, ८ असोज ।
भारतपरस्त नेताको आरोप लाग्दै आएका एमाओवादी नेता डा.बाबुराम भट्टराईले अन्तत:आरोपलाई पुष्टि गरेका छन् । भारतको सहयोगमा तराईमा भइरहेको हिंसात्मक आन्दोलनलाई उनले समर्थन गरेका छन् । तराईको आन्दोलनमा आफु जाने बताएर देशलाई झन् मुठभेडतर्फ लैजान उनी केन्द्रीत भएका छन् ।
तराईको आन्दोलन छिमेकी मुलुक भारतको उक्सावटमा अघि बढेको प्रष्ट भइसकेको छ । किनकी मधेसी नेताहरुले भने भारतले पहिला तराईका सात मागहरुलाई सार्वजनिक गरेको छ । जसमा अंगिकृत नागरिकता लिएको व्यक्ति समेत उच्च पदमा पुग्न सक्ने माग समेत राखिएको छ । जसको सिधा नेपालको नागरिकता लिएका भारतीयहरुलाई माथिल्लो पदमा पुर्‍याएर आफ्नो स्वार्थ अनुसार काम गराउने र सकेसम्म नेपाललाई सिक्किम नै बनाउने योजना भारतको छ । त्यही ग्राण्ड डिजाइन अन्र्तगत अहिले मधेसमा आन्दोलन भइरहेको छ ।
त्यसो त बाबुरामले संविधान जारी हुनुभन्दा पहिलेदेखि नै बिखण्डनलाई सहयोग पुर्‍याउने विचारहरु राख्दै आएका छन् । गत शुक्रबार उनले अबको २४ घन्टाभित्र देश बिखण्डन हुने नहुने कुराको निर्णय हुने बताएका थिए । मधेसी दलहरुसँग कुरा नमिले देश बिखण्डनमा जाने उनको भनाई थियो । मधेसी दलहरुसँग सहमति नभई संविधान जारी भयो । उनकै भनाईअनुसार अब तराईमा बिखण्डनको राजनीति सुरु भयो । यस्तो अवस्थामा उनी विवाद हल गर्ने भन्दा झन् बल्झाउने तर्फ लागेका दृष्ट्रि साप्ताहिकको अनलाईन संकरणमा खवर छ । एमाओवादीका अध्यक्ष प्रचण्डले समेत बिबिसि नेपालीसँगको अन्र्तवार्तामा बाबुरामको अभिव्यक्तिहरु अस्वभाविक भएको बताइसकेका छन् ।
सामाजिक सञ्जालहरुमा बाबुराम बिखण्डवादी र राष्ट्रघाती भएको भन्दै व्यापाक आलोचना भइरहेको छ । नेपालमा भारतले हस्तक्षेप गर्दा समेत बाबुरामले प्रतिक्रिया नदिनुलाई धेरै आश्चर्यका साथ लिएका छन् । ‘उनी जेएनयूका उत्पादन हुन् त्यसकारण भारतको पक्षमा काम गर्नुलाई ठुलो कुरा होइन,’ एक एमाओवादी नेताले भने ।
एजेण्डा बिना नै तराईका भइरहेको आन्दोलनमा उनले सहयोग गर्नुले उनको नियम प्रष्ट भएको राजनीतिक बिश्लेषकहरु बताउछन् । देशले आश गरेको एक जना नेता राष्ट्रघाती भएर निष्किएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.