मधेसी दलले झण्डा जलाएपछि चीन सरकार आक्रोसित
५ असोजमा मधेसबादी दलका कार्यकर्ताले चिनियाँ झण्डा चलाएका थिए । झण्डा जलाए लगतै चिनियाँ राजदुत उ छुन्थाईले नेपाल सरकारसँग झण्डा जल्नुको कारण सोधेका थिए ।
आन्दोलनकारीले झण्डा जलाएपछि चिनियाँ दुतावासले बाहिरि देशको उक्साहटमा नेपालभित्र चीनबिरुद्ध गतिविधि भइहरेको बताएको छ । उसले यस्ता गतिविधिमा रोक लगाउन गृहमन्त्री बामदेव गौतमलाई पत्राचार पनि गरिसकेको गृहमन्त्रालय स्रोतले बताएको छ ।
भारतको समर्थनमा चलिरहेको मधेसबादी दलको आन्दोलनमा चिनियाँ झण्डा जलेपछि आफ्नो देशबिरुद्ध कुनैपनि गतिविधि नगर्न आन्दोलनरत दललाई चीनले चेतावनी दिएको छ ।
चीनियाँ दुतावासको चेतावनीपछि बसेको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठकमा उपेन्द्र यादव र राजेन्द्र महतोबीच भनाभन समेत भएको थियो । संघिय समाजबादी फोरमका अध्यक्ष यादवले चीनियाँ झण्डा चलाउनु गलत भएको बताएका थिए । उनले चीनियाँ झण्डा जलेकोमा चीनसँग माफी माग्नु पर्ने प्रस्ताव गरेका थिए । तर सद्भावना पार्टीका अध्यक्ष महतोले भारतले आन्दोलनलमा गरेको सहयोगका बिषयमा केही नवोलिरहेका बेला चीनसँग माफी माग्न नसकिने बताएका थिए । दुवै नेताबीच झण्डै झोकाझोकको अवस्थामासम्म पुगेको थियो ।
भारतको समर्थनमा चलेको आन्दोलनमा चीनियाँ झण्डा चलेपछि चीन सरकारले भारत र मधेसी दललाई नेपाल सरकार मार्फत चेतावनी दिएको छ । चीनले भारतका कारण नेपालमा अशान्ति भएको ठहर पनि गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses