भारतीय नाकावन्दीबारे यसो भन्छन् लालबाबु
काठमाडौँ, ९ असोज ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय पक्षको अघोषित नाकाबन्दीले नेपालको राष्ट्रियता कुनै हालतमा कमजोर नपारिने बताएका छन् ।
शनिबार पुल्चोकस्थित मन्त्री निवासमा नेप्लिज समाचारसँग कुरा गर्दै उनले राष्ट्रियता कमजोर हुने, सामाजिक सद्भाव खल्बलिने तथा संघीयता र गणतन्त्र नै असफल बनाउने गरी आएका जस्तासुकै दवाव र प्रभाव सैह्य नहुने स्पष्ट पारे । उनले संविधानप्रति तराई मधेसबाट केही समुहले असन्तुष्टी जनाएकोप्रति लक्षित गर्दै भने, ‘संविधानसभाबाट जारी भएको संविधान असफल बनाउने गरिकन हामी कुनै पनि काम गर्दैनौँ ।’
तराइका केही दलका नेताले भारतीयहरुकै एजेण्डा बोकेपछि दवावस्वरुप नाकाबन्दीको समस्या आउको उनको भनाइ थियो । ‘स्वभाविक रुपमा हाम्रै कतिपयले राम्रोसँग आफूलाई प्रस्तुत गर्न नसक्दा र पवित्र उद्देश्य नबोक्दा तथा अरुको विचारलाई बोकिदिँदा उत्पन्न भएको समस्या हो ।’ उनले भने, ‘केही संविधानका विषयवस्तुलाई बङ्ग्याएर प्रस्तुत गरिएको कारणले पनि यस्तो देखिएको छ । तर, जहिले पनि संविधान बनाँउदा राष्ट्रियतालाई बलियो बनाउनुपर्ने मान्यतालाई भुल्नुहुँदैन ।’
मोदीलाई क्यासेटसुन्न आग्रह
डिभी पिआरवाला कर्मचारीलाई ऐन मार्फत मात्र होइन संविधानमै व्यवस्था गरेर तह लगाएका उनले नेपालको जटिल तथा संवेदनशिल अवस्था र त्यसले पार्ने प्रभावप्रति असल छिमेकीका हिसावले जिम्मेवार बनिदिन उनले भारतीय पक्षलाई आग्रह गरे । भने, ‘त्यतीखेर भारतको संविधान बनाँउदा पनि राष्ट्रियतालाई बलियो बनाउनुपर्छ भनिएको थियो ।
डाक्टर अम्मेडकरको ‘द कन्स्टिच्युसन मेकिङ इन इन्डीया’ नामको तत्कालिन भाषणको क्यासेट मोदीजी आँउदाखेरी राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू र सभामुखज्यूलाई दिनुभएको थियो । त्यही क्यासेट मोदीजी तपाई आफैंले एकपटक हेरिदिनुस् ।’ भारतमा त्यो बेला बनेको संविधान ६७ प्रतिशत सदस्यले मात्र समर्थन गरेको उदाहरण दिंदै उनले नेपालमा ९० प्रतिशत समर्थन भएकाले प्रश्न उठाउन नमिल्ने तर्क गरे । यस्तो बेला सबैका सबै कुरा पार्न नसकिने भन्दै सबैको सबैकुरा पार्न खोजेको भए यो संविधान बन्दै नबन्ने उनले प्रष्ट पारे । ‘नेपालमा अहिले गणतन्त्रवादी छन् राजतन्त्रवादी छन् । लोकतन्त्रवादी छन्, लोकतन्त्रविरोधी पनि छन् । संघीयतावादी छन्, संघीयता विरोधी पनि छन् । तर, सबैको सबैकुरा त कसरी पर्छ ?’ उनले प्रश्न गरे । भने, भारत पनि संविधान बनाउने बेलामा नै टुक्रिएकाले हामीले यस्ता कुरामा ध्यान पु¥याउनै पथ्र्योे ।’
नेपालमा यस्तो बेला संविधान सभा पनि एक तथा देश पनि एक भएकाले राष्ट्रको समस्या समाधान केही दिन भित्रै हुने बताए । केही असन्तुष्टी भए संशोधनबाट मिलाउन सकिने उनको धारणा छ । भारतकोसमेत वर्षको दुईचोटी संशोधन हुने गरेको तर्क गदै उनले ‘नेपालको यो संविधान पनि शिलामा लेखिएको अक्षरजस्तो’ नभएको बताए । ‘लोकतन्त्र बलियो, संघीयता सफल र गणतन्त्र संस्थागत गर्न तथा अझै सुदृढ बनाउन हामी तयार छौं । त्यसकारण लोकतन्त्रवादी, संघीयतावादी र गणतन्त्रवादी सबै मिलेर नै राष्ट्रवादी हुने बेला हो यो ।’
कायर बनेर पछि नफर्र्कौ
मन्त्री पण्डितले कसैका धम्कीका प्रभावले कायर बनेर पछाडि फर्किने काम भए मुलुकको समृद्धि रोकिने बताए ।  ‘केही अफ्ठ्यारालाई पन्छाउँदै अघि बढ्नुपर्ने छ तर, हामी पछाडि फर्किएर, कायर बनेर, डराएर जसले जे भन्छ, जस्ताको तस्तै मानेर नेपालको समृद्धि संभव छैन ।’ उनले भने, ‘ यस कामले नेपालको समृद्धि र राष्ट्रियता सुदृढ हुन सक्दैन । नेपालको लोकतन्त्र सुदृढ हुन सक्दैन । संघीयता सफल हुन सक्दैन ।’
संविधानले गणतन्त्र संस्थागत गरेकोले यसलाई सुदृढ बनाउनको निम्ति सबै लामवद्ध हुनुपर्ने उनको भनाई छ । नेपालको विकासको गति अब सुरू हुने भएकाले महान अभियानमा साथ दिन उनले सबैलाई आग्रह गरे । ‘हामीले अग्रगतिको बाटो लिइसकेको कारणले गर्दा केही अगुवाहरुले अगुवाई गर्छन् । पछुवाहरु पछाडि पर्दै जान्छन् ।’ उनले अहिले मधेसमा देखिएको द्वन्द देखावटी भएको भन्दै त्यसको कुनै अर्थ नभएको सपष्ट पारे ।
–शन्तराम बिडारी


भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.