बाबुरामको उपस्थितिमा जनकपुरमा 'नयाँ संविधान' जलार्इदै
काठमाडौं, असोज १२/हालैमात्र एकीकृत माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईको उपस्थितीमा जनकपुरमा नयाँ संविधान जलाइने भएको छ ।

मधेशका असन्तुष्टीहरु संविधानमा नसमेटिएको भन्दैं पार्टी परित्याग गरेका भट्टराई जनकपुरमा नयाँ संविधान जलाउने कार्यक्रममा सहभागिता जनाउने  एमाओवादीका सभासद प्रभु शाहले जनाए ।

 'जनकपुरमा कार्यक्रम गर्दैछौं,' उनले नेपालीपत्रसँग भने, ' उहाँ (बाबुराम) पनि सहभागी हुँदै हुनुहुन्छ ।' जसमा एकीकृत माओवादीका भित्रका मधेशका सभासद तथा कार्यकर्ताहरुको सहभागिता रहनेछ ।

एकीकृत माओवादीभित्रको असन्तुष्ट मधेशी सभासदहरु प्रभु शाह, रामकुमार शर्मालगायतका सभासदहरु भट्टराईको स्वागतमा जुटेका छन् । जसमा नेता रामचन्द्र झालगायतकाहरुको पनि सहभागिता रहने बताइएको छ ।

मधेशी मोर्चाले पनि बाबुरामको स्वागत गर्न लागेको बताइएपनि मोर्चाका एक नेताले भने त्यसलाई अस्वीकार गरेका छन् । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने आफूहरुको भट्टराईलाई स्वागत गर्ने कुनै कार्यक्रम नरहेको बताए । 'उहाँलाई स्वागत गर्ने हाम्रो कुनै कार्यक्रम छैन्,' उनले भने, 'उहाँहरुको आफ्नै कार्यक्रम हो ।'

 बाबुराम भट्टराईले यसअघि मधेश जाने कार्यक्रम मोर्चाको विरोधका कारण रद्ध गरेका थिए । मोर्चाले उनलाई राजीनामा गरेमात्र जनकपुर आउन दिने जनाएको थियो । त्यसको लगतै बाबुरामले पार्टी तथा सभासद पद परित्याग गरेका थिए ।

रमाइलो त के भने नयाँ संविधानमा डा. भट्टराईको समेत हस्ताक्षर छ । यतिमात्र होइन्, नयाँ संविधान बन्नुअघि बनेको संविधानसभाको महत्वपूर्ण राजनीतिक संवाद तथा सहमति समितिको सभापतिजस्तो महत्वपूर्ण जिम्मेवारी पनि भट्टराईले पाएका थिए ।  

जिन्दगीभरि शान्ति र संविधानको नारा रटेका भट्टराई अन्ततः पार्टीभित्र लिगेसी नपाउने भएपछि असन्तुष्ट बनेर आन्दोलनरतहरुसँग सहकार्य गर्न पुगेका हुन् । यसअघि उनले आइतबार मधेशी मोर्चाका नेताहरुलाई टेलिफोन गरी आफूलाई मधेश आन्दोलनमा सहभागी गराउन आग्रह गरेका थिए ।  

पार्टीभित्र मुख्य भूमिका नपाएपछि असन्तुष्ट बनेर चोइटिएको विश्लेषण भइरहेका बेला देशभर देखिएको असन्तुष्टीलाई क्यास गर्ने भट्टराई योजना रहेको विश्लेषण हुँदैं आएको छ । उनी लामो समयदेखि नयाँ शक्ति निर्माणको भित्री योजनामा लागिरहेका छन् ।  



भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.