लालबाबुलाई भेटेर रेखा शर्माले भनिन्, ‘डिभी पिआरधारीलाई म पनि छाड्दिन’
मन्त्री शर्माले पण्डितले चालेको डिभी पीआरधारी सरकारी कर्मचारीविरुद्धको अभियान नरोक्ने बताइन् । सामान्यतया संसारभर प्रतिपक्ष सत्तापक्षले संसदमा ल्याएको विधेयकको विपक्षमा उभिने गरेको दृष्टान्त पेश गर्दै शर्माले लालुबालुले ल्याएको डिभी पिआरबाहक कर्मचारीमाथि कारबाही गर्ने सम्बन्धी विधेयकमा आफ्नो पार्टी एमाओवादीले दृढतापूर्वक स्वागत र समर्थन गरेको उल्लेख गरिन् ।
‘लालबाबुजीले थालेको अभियानलाई जस्तोसुकै अप्ठेरो आइपरे पनि निरन्तरता दिन्छु’, शर्माले काठमाण्डु टुडेसँग भनिन्, ‘डिभी पिआरविरुद्धको अभियान रोकिँदैन, बरु दृढतापूर्वक अघि बढाउँछु ।’
शर्माले बरु आफू लालबाबुले भन्दा राम्रो काम कसरी गर्न सकिन्छ भन्नेबारे सोचिरहेको उल्लेख गरिन् । यद्यपि आफू मन्त्री हुनेबित्तिकै दसैं बिदा सुरु भएकाले थप बुझ्न बाँकी रहेको उनको भनाइ थियो ।
घरमै पुगेर भेटिन् लालबाबुलाई
यसैबीच मन्त्री शर्माले निवर्तमान सामान्य प्रशासनमन्त्री लालबालु पण्डितलाई भेटेर मन्त्रालयमा रहँदा उनले गरेका अनुभवबारे जानकारी लिएकी छन् ।
पण्डितलाई भेट्न शर्मा मंगलबार काठमाण्डुको तीन कुनेस्थित पण्डित निवास पुगेकी थिइन् । भेटका क्रममा पण्डितले डिभी पिआरविरोधी अभियान नरोक्न आग्रह गरेका थिए ।
त्यस कार्यमा आफ्नातर्फबाट सक्दो सहयोग हुने पनि उनले बताए । ‘उहाँलाई भेटेर अनुभवबारे बुझ्ने काम गरें, शर्माले भनिन्, ‘अप्ठेरो छ तर असम्भव छैन, अगाडि बढ्नुस् म पनि सहयोग गरौंला भन्नुभएको छ ।’
मन्त्री शर्माले राम्रो सिस्टम बसालेकाले आफूलाई समेत काम गर्न सजिलो भएको भन्दै पण्डितलाई धन्यवाद दिएकी थिइन् ।




0 comments
Write Down Your Responses