नेपालमै हावा बाट चल्ने तिन चक्के गाडीको आविष्कार
राम कट्वाल(आर.बी)
झुम्का , २९ असोज ।  नेपालमै पहिलो पटक हावा बाट चल्ने तिन चक्के गाडीको आविष्कार गरिएको छ ।कम्प्रेस्ड एयर भेईकल नाम दिईएको सिटि सफारि आकारको सो गाडिमा कुनै पनिईन्धन नलाग्ने बताईएको छ । मनमोहन स्मृति पोलिटेक्निक हात्तिमुडा–७ मोरंगमा अध्ययनरत डिल्पोमा तहकोमेकानिकल ईन्जिनियर तेस्रो बर्षका सात जना युवाहरुको समुहले हावा बाट चल्नेगाडीको निर्माण गरेका हुन् । विगत  ४ महिना देखिको प्रयासमा निर्माण कार्य पुराभए पछि विहिबार कलेजमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । हावाकोपुनःप्रयोग गर्न केहि बाँकी रहेको र त्यसको प्रयोगपछि ३०–४० किलोमिटर भन्दाबढी चल्ने समुहले जनाएको छ । गाडीमा जडित एयर ट्याङक मा १५ दिनकोफरकमा हावा हालेर चलाउन सकिने छ । सो एयर भेईकलमा सात जना सम्म बस्नमिल्छ ।
निर्माण समुहमा बिबेक शर्मा, प्रताप शर्मा पौडेल, चक्र प्रसाद कोईराला, आकाशधिमाल, पुष्पराज चौधरी, सुमन मण्डल र जितेन्द्र चौधरी रहेका छन् । साधनकोस्वरुप र क्षमतामा केहि सुधार गर्न सके व्यवसायीक रुपमा निर्माण गर्न सकिनेसमुहका एक चक्र प्रसाद कोइरालाले बताए । बजारमा पेट्रोल डिजेलको अभावमावातावरणको हावाको प्रयोग गरेर बातावरणमा हुने प्रदुषणलाई समेत बचाउन सोकिसिमको साधनको निर्माण गरिएको  बताईएको छ ।
क्षमतामा सुधार गरेर पुन अन्य साधन निर्माण गरि  बजारमा ४÷५ लाखमा बिक्रिगर्न सकिने र निर्माण गर्न लागानीकर्ताको आवश्यक रहेको कोईरालाले बताए । हावाबाट चल्ने उक्त गाडी निर्माणमा करिब १ लाख २५ हजार खर्च भएको छ । यसलेसफलताहात पार्न सके र लगानिको वातावरण मिले भविष्यमा हावाबाटै चल्नेमोटरसाईकल समेत निर्माण गर्ने सोच बनाएको सो समुहले जनाएको छ ।
purbelinews.बाट


0 comments

Write Down Your Responses

Powered by Blogger.