दसैँको टीकाको दिन यसरी दुई महिलाले ज्यान दिए
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ की २४ वर्षीया गीता सार्कीले आफ्नै घरको कोठामा झुन्डिइ आत्महत्या गरेकी छन् ।
मृतक सार्कीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्याइएको छ ।
यसैगरी, उर्मा गाविस–७ की ४० वर्षीया तारादेवी बूढामगरले घर नजिकैको रुखमा झुन्डिइ आत्महत्या गरेकी छन् । प्रहरीले यी घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ ।




0 comments
Write Down Your Responses