सरकारलाई गलाउने रणनीतिमा भारत
परराष्ट्रविज्ञ जयराज आचार्यले नयाँ संविधानले अंगीकृत नागरिकता पाएका व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा अंगका प्रमुख बन्न नपाउने व्यवस्था गरेकाले भारतले चासो राखेको बताए । यसअघका भारतीय पक्षबाट आएका भनाईले त्यसलाई प्रष्ट पारि सकेको उनले दावी गरे । मधेसी–थारू एजेन्डालाई समर्थन गर्दै भारतले नाकाबन्दी लम्ब्याउँदा मधेसी मात्र होइन, थारू जनमतसमेत भारत समर्थक बन्न पुगेको छ ।
तराई–मधेसमा कम्तीमा दुई प्रदेश हुनुपर्ने मधेसी मोर्चाको मागप्रति भारतको समर्थन रहे पनि प्रदेश संख्याप्रति भारतीय संस्थापनको उति सारो रुचि नरहेको बताउँछन् जानकारहरू । जसका कारण नेपालमा यति धेरै भारतविरोधी भावना विकसित हुँदा पनि नाकाबन्दी खुकुलो पारेर नेपालीको विश्वास आर्जन गर्ने होइन, बरू नाकाबन्दी लम्ब्याएर भारत जलस्रोत, हिन्दु राज्य स्थापनालगायत थप केही भित्री चाहना पूरा गर्ने कसरतमा लागेको छ ।




0 comments
Write Down Your Responses