मधेशी मोर्चाको आन्दोलन जनताले कहिलेसम्म थेग्ने ?
मधेशी मोर्चाले गरेको आमहड्ताल आज ७२ दिन र नाकाबन्दीको ३१ दिन पुगेको छ । आन्द्योलनरत मधेशी दलका नेता कार्यकर्ताले वीरगन्ज रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरीपुलमा आज पनि धर्ना दिएर नाका ठप्प पारेका छन् । धर्ना कार्यक्रममा पर्सा र बाराका ग्रामण क्षेत्रबाट आज पनि मानव सागर आन्दोलनमा सहभागी भएका छन् । वीरगन्जमा जारी आन्दोलनमा मधेसी जनताको स्वस्फुर्त सहभागिता दिन प्रति दिन बढदै गएको छ ।
यसैबिच नेपालको मुख्य भन्सार नाका बीरगन्जमा ३१ दिन देखि मधेशी मोर्चाले धर्ना दिएर नाका ठप्प पारेका कारण भारतबाट कुनै पनि मालसामान भित्रिन पाएको छैन । नाकाबन्दीमा साइकल, मोटरसाईकल तथा पैदल हिड्ने सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु किनमेलमा नाकामा धर्ना बसेका आन्दोलनकारीहरुले रोक नलगाए पनि ठूला मालबाहक गाडीहरु भने नाकामै रोकिएका छन् । बन्दहड्तालका कारण वीरगन्जका शिक्षण संस्था, कलकारखाना र यातायात सबै दुइ महिना देखि ठप्प रहेको छ ।
बन्द हडताल र नाकाबन्दीका कारण सीमा पारी भारतबाट मालसामानको आयात ठप्प भएपछि वीरगन्जमा इन्धन लगायत दैनिक उपभोग्य वस्तुमा व्यपारीहरुले खुलेआम कालोबजारी गरिरहेका छन् । वीरगन्जमा सबै भन्दा बढि खाना पकाउने एलपी ग्याँसको अभाव भएको छ । वीरगन्जमा सबै कम्पनीका एलपी ग्याँसका डिलरहरु बन्द छन् ।
यस्तै रक्सौलबाटै ल्याइएको पेट्रोल मिनरल वाटरको बोत्तलमा राखेर चर्को मुल्यमा विक्रि वितरण भइरहेको छ । एक लिटर पेट्रोल दुइ सय रुपैयामा खरिद गर्न बाध्य भएको उपभोक्ताहरुले बताएका छन् । दाल , चामल , चिनी , तेल जस्ता दैनिक उपभोग्य सामानमा पनि व्यपारीहरुले कालोबजारी गरिरहेपनि स्थानीय प्रशासन र सम्बन्धित निकायले कुनै वास्ता गरेको छैन । हरेक वर्षको दशैं तिहारका बेला स्थानीय प्रशासनले बजारको अनुगमन गर्दै आएको भएपनि यसपालीको दशैंमा वीरगन्जमा राज्यका तर्फबाट बजार र पसलहरुमा कुनै अनुगमन भएको छैन ।
- nepaliheadlines.com
0 comments
Write Down Your Responses