धर्मेन्द्रको भाइको निधन
मुम्बाई – चर्चित बलिउड अभिनेता धमेन्द्रका भाई अजित देओलको शुक्रबार निधन भएको छ । अजितका छोरा अभय देओल पनि बलिउड अभिनेता नै हुन् ।
थुप्रै पञ्जावी चलचित्रमा काम गरिसकेका अजित पछिल्लो बिरामी थिए । उनलाई सनरिज्स अस्पतामा भर्ना गरिएको थियो । तर एक महिनाको उपचारका बाबजुद पनि उनको रोग निको हुन सकेन । अजितले प्राण त्याग्नुअघि धमेन्द्र, सन्नी देओल र अजय देओल उनीसँगै थिए । बबी देओलको डेब्यु हिट चलचित्र वसरातमा अजितले पनि अभिनय गरेका थिए ।
0 comments
Write Down Your Responses