चीनका पूर्वराजदुत टंक कार्की भन्छन्, ‘इन्धन सहयोग गर्न चीन तयार भइसक्यो, हामी किन ढिला ?’
चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले तेल व्यापारमा अब भारतको भर पर्न नहुने र भरपर्दो मित्रराष्ट्र चीनसँग कारोबार थाल्नुपर्ने बताएका छन् ।
भारतले आधिकारिकरुपमा आफूले नाकाबन्दी नलगाएको दाबी गर्ने गरेको र तेल पनि नदिने काम गरेर दुनियाँलाई मूर्ख बनाएको उनले बताए । उसले अहिले नाकाबन्दी गर्नुपर्ने कुनै कारण र तर्क नरहेको कार्कीको दाबी छ । ‘न दुई देशबीचको सन्धिसम्झौता, न अन्तर्राष्ट्रिय कानुन र अभिसन्धीहरुले यो कार्यको सपोर्ट गर्छ, त्यसैले कतैबाट पनि जस्टिफाइ नहुने यो काम तर्कसंगत छैन ।’ कार्की भन्छन्, ‘चीनसँग सम्झौता गरेर तत्काल पेट्रोल झिकाउने काम गर्नुपर्छ, उजस्तो शक्तिशाली र असल छिमेकीले मद्दत गर्न तयार रहेको मैले पाएको छु ।’
सस्तो महंगो भन्ने कुरा जे होस्, सरकारले अनुदान दिएर भएपनि चीनसँग दिर्घकालीनरुपमा तेल व्यापार गर्नुपर्ने डिल थाल्नुपर्ने उनको धारणा छ ।




0 comments
Write Down Your Responses