१४ वर्षदेखि मलाई राजधानीले जागिर दियो, मधेसले के दियो ?
आश्विन २२,
- मोहन बास्तोला
काठमाडौँः अलग राज्यको माग गर्दै तराई–मधेस केन्द्रित केही दल र समूहले ती क्षेत्रमा आगो बालेको दुई महिना पुग्न लागेको छ । तराई अशान्त बनेपछि छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी गरेको पनि दुई हप्ता पुगिसकेको छ ।
यसरी फेरिएको दैनिकीबाट राजधानीवासी त असन्तुष्ट छन् नै राजधानीसँग वर्षौको मितेरी गाँसेका स्वमं तराईवासी नेपाली पनि असन्तुष्ट छन् । बिहीबार बिहान नौ बजे पुतली सडकमा रहेको मनमोहन मजदुर भवनको नजिक भेटिएका रौतहटका अनन्दीराय यादवले पनि त्यस्तै दुखेसो पोखे । १४ वर्षदेखि ‘खाली बोतल, सीसी, पुराना कागज’ भन्दै राजधानीको सडक नापिरहेका यादव बिहीबार निकै भाबुक देखिए ।
साईकलमा ‘खाली बोतल, सीसी, पुराना कागज’ भन्दै हिडिरहेका यादवलाई पछिल्लो राजनीतिक अवस्थाका बारेमा केही कुराकानी गर्ने प्रस्ताव राख्दा पहिला त उनी मञ्जुर भएनन् । ‘मलाई राजनीतिका बारेमा केही थाहा छैन, मैले के जानेको छु र कुराकानी गर्नु,’ उनी यति भनेर पन्छिने तरखरमा थिए । तर, केहीबेरको आग्रहपछि उनी कुराकानी गर्न तम्तयार भए ।
‘म काठमाडौँ बसेको १४ बर्ष भयो, दुई छोरा र एक छोरी छन्,’ उनले आफ्नो पेशाप्रति गौरव गर्दै भने, ‘म र मेरो परिवारले यहि पेशा र यो काठमाडौँले बँचाएको छ, काठमाडौँप्रति मलाई गौरव छ ।’
तपाईँको घर कहाँ हो ? भनी गरेको प्रश्नमा उनले रौतहट भएको बताए । कुराकानी गर्दै जाँदा उनले राजधानीसँगको साईनोका बारेमा पनि पन्तुरो खोल्दै गए । ‘म काठमाडौँ बसेको १४ बर्ष भयो, दुई छोरा र एक छोरी छन्,’ उनले आफ्नो पेशाप्रति गौरव गर्दै भने, ‘म र मेरो परिवारले यहि पेशा र यो काठमाडौँले बँचाएको छ, काठमाडौँप्रति मलाई गौरव छ ।’
उनको यो भनाई कुनै राष्ट्रवादी नेपालीको भन्दा कम थिएन । उनले त्यति भनेपछि अन्य केही कुरा पनि गर्ने अनुमति मागियो र उनलाई केही हप्ता अघि मात्र घोषणा भएको ‘नेपालको संविधान २०७२’ का बारेमा जिज्ञासा राखियो ।
उनले संविधानका बारेमा आफुलाई केही पनि जानकारी नभएको र अहिलेसम्म संविधान किन र कसका लागि भन्ने पनि थाहा नभएको जानकारी दिए । संविधानमा तराई–मधेसका जनताको माग पूरा नभएकाले अहिले आन्दोलन चलिरहेको छ, यसबारेमा तपाईँलाई जानकारी छ भन्ने प्रश्नमा उनले निकै भावुक र मर्मस्पर्शी जवाफ दिए ।
‘अहिलेको आन्दोलन हामी जस्ता गरिबका लागि होइन,’ त्यति भन्दा उनी केही भावुक देखिएका थिए भने अनुहारमा उनको तराई–मधेस जलेकोमा ग्लानी र चिन्ता छचल्कीरहेको थियो ।
उनी हामीसँग गफ गर्दै गर्दा आफ्नो पेशाप्रति पनि त्यति नै कटिबद्ध बनिरहेका थिए । केही समयको अन्तरवार्ताको अलमलमा आफुलाई उछिनेर अरुले सीसी, वोतल बटुल्ने हुन कि भन्ने चिन्ता पनि उनको मनमा नाचेको अनुमान लगाउन गाह्रो थिएन् ।
उनको त्यहि हतारोलाई मध्यनजर गर्दैै ‘तपाईँ पनि तराईवासी अनि तराईको मागप्रति तपाईँको केही धारणा छैन ? फेरि अर्को प्रश्न तेर्सायपछि उनले भने । ‘मलाई राष्ट्रपति, प्रधानमन्त्री केही बन्नु छैन, मेरो पेशा व्यवसाय राम्ररी गरेर खान पाए मलाई पुग्छ,’ उनले त्यसो भन्दै गर्दा आँखा रसिला भै सकेका थिए । उनले रसिला आँखाबाट आँसु लुकाउँदै भारतको विरोध गरे ।
‘अहिले सबै नेपालीलाई आन्दोलन होइन शान्ति चाहिएको छ,’ भारतले गरेको नाकाबन्दीको विरोध गर्दै यादवले भने, ‘सबै दल मिल्नुपर्छ, मधेस, पहाड, हिमाल सबै नेपाल, सबै नेपाली ।’
‘म नेपाली हुँ, मलाई नेपाली हुनुमा गौरव छ,’ भाषण गर्दै जाँदा तातिने नेता जस्तै उनले पनि दुबै हात कसिला बनाउँदै भने, ‘मेरो कोठामा ग्याँस छैन, तेल छैन, अहिले पनि कार्टुनमा भात पकाएर खाईरहेको छु, दुःख त छ नि हजुर ।’
मजदुर भवनमा ठिङ्ग उभिएका तस्बिरका मनमोहन अधिकारीलाई साक्षी राखेर कुरा गर्दै गर्दा उनले मजदुर नेता मनमोहनतिर पनि एकछिन आँखा डुलाए ।
‘अहिले सबै नेपालीलाई आन्दोलन होइन शान्ति चाहिएको छ,’ भारतले गरेको नाकाबन्दीको विरोध गर्दै यादवले भने, ‘सबै दल मिल्नुपर्छ, मधेस, पहाड, हिमाल सबै नेपाल, सबै नेपाली ।’ उनले नेपाललै नरहे नेपाली नरहने भन्दै निकै मर्मस्पर्शी शव्दमा नेताहरुलाई नै अर्ती दिने गरी सहमतिमा अघि बढ्न आग्रह गरे ।
nayapage/बाट




0 comments
Write Down Your Responses