यस्तो थियो सलमान र ऐश्वर्याको टुंगिएको प्रेम कहानी
सलमान र ऐश्वर्याको प्रेम कहानी सन् १९९७ मा सुरु भयो, सलमान त्यो समय सुपरस्टार बनिसकेका थिए । ऐश्वर्या भने मिस वल्र्डको ताज जितेपश्चात भर्खरै बलिउडमा भित्रिएकी थिइन् । त्यो समय सलमानको सोमी अलीसंग प्रेम थियो ।
त्यो समयको खबरअनुसार सलमान सोमीको बारेमा धेरै गम्भिर थिए र उनीसँग विवाह गर्न पनि चाहन्थे तर त्यहि समय सलमानको नजर ऐश्वर्यातिर फर्कियो, र अब सलमान बिस्तारै ऐश्वर्याको प्रेममा पर्न थाले । एउटा वेबसाइटमा दिएको इंटरभ्युमा सोमीले खुलासा गरेकी थिइन् कि ऐश्वर्याको कारण सलमान र उनको सम्बन्ध टुंगीएको थियो ।
सोमी यति दुखि भइन् कि उनी भारत छोड्न बाध्य बनिन् । एक म्यागजिको अनुसार मंसुर अलीको फिल्म ‘जोश’ सलमानले यसकारण मात्र अस्विकार गरे, किनकी त्यस फिल्ममा उनलाई ऐश्वर्याको दाईको भुमिकामा प्रस्तुत हुनु थियो ।
सलमानले गरे ऐश्वर्यालाई मद्धत
भनिन्छ सलमानले ऐश्वर्याको करियर बनाउन जिम्मेवारी लिएका थिए र धेरै प्रोड्युसरसँगे सिफारीश पनि गरे । सलमानको कारणनै ऐश्वर्याले ‘हम दिल दे चुके सनम’ जस्तो ठुलो फिल्म पाए । सलमानको साथी संजय लीला भंसालीले ऐशलाई यो फिल्ममा ब्रेक दिए । यो त्यही फिल्म थियो, जहाँबाट सलमान र ऐश्वर्याको प्रेमकहानी शुरुवात भयो । फिल्मको शुटिंगको दौरान दुवै एकअर्काप्रति नजिकीन थाले ।
सलमानको साथी ऐशलाई भाउजु भन्थे
ऐश्वर्या बिस्तारै–बिस्तारै सलमानको जिवनमा प्रवेश गर्न थालिन, उनी सलमानको परिवारको नजिक पनि पुग्न थालिन । भनिन्छ कि सलमानको साथिहरु ऐश्वर्यालाई भाउजु भनि बोलाउँथे । यद्यपी धेरै म्यागजिनमा प्रकाशित समाचार अनुसार ऐश्वर्याको बाबु–आमालाई यो सम्बन्ध स्वीकार थिएन् । यहाँसम्म कि उनीहरुले सलमानसँगको सम्बन्धलाई बिर्सन पनि भने, जुन कारणले ऐशले आफ्नो घर छोडी एक्लै बस्न थालिन् ।
यसरी टुट्यो दुवैको सम्बन्ध
दुवै स्टारको प्रेम चलिरहेकै थियो, कि उनीहरुको जिवनमा यस्तो आँधि आयो जसले सबै उडाएर लग्यो । एक दिन आधि रातमा सलमान ऐश्वर्याको घर पुगे र ढोका ढक्ढकाउन लागे । सलमानले रीसको झोकमा १९ तल्ला अग्लो घरबाट हाम फाल्ने धम्की पनि दिए ।
बिहान ३ बजे सम्म ऐशको घरको ढोका ढक्ढकाए पनि सलमानको लागि त्यो ढोका खोलिएन । भनिन्थ्यो कि ढोका बेस्मरी ढक्ढकाएका कारण सलमानको हातमा गहिरो चोट लागेको थियो ।
सलमानको यो हंगामाको कारण एक मात्रै थियो, उनी ऐश्वर्यासँग विवाह गर्न चाहन्थे, तर सफलताको सिँढी चढ्दै गरेकी ऐश भने यो समय विवाहा गर्न चाहन्न थिइन्, पछि यो खबर आयो कि ऐश्वर्याको बाबुले सलमानको विरुद्ध थानामा केस दर्ज गरे । यो सबै खबरका कारण सलमानको धेरै बेइज्जत भइसकेको थियो ।
बिस्तारै–बिस्तारै सलमान र ऐश्वर्याको दुरी बढ्दै गयो । खबरको अनुसार यहि बिचमा सोली अलीको सलमानलाई फोन आयो कि उनको बाबुको अपरेशन हुदैछ र उनको मद्धत चाहियो भनी । सलमान ऐश्वर्यालाई नभनी अमेरिका गए, जब ऐशले यो कुरा थाहा पाईन उनी धेरै रिसाइन् र प्रेम सम्बन्ध टुंगाउने निर्णय गरिन् ।
यसपश्चात सलमानले अर्को तुफान खडा गरे जसले उनीहरुको सम्बन्धको अन्त्यको मोहर लगाए । खबरका अनुसार सलमानले ऐश्वर्याको फिल्म ‘कुछ ना कहो’ को सेटमा हंगामा गरे । यो फिल्मको हिरो अभिषेक बच्चन थिए, भनिन्छ सलमानले उनको कारको तोडफोट गरेका थिए । यस समय २००२ मा एक अवार्ड फङ्शनमा ऐश्वर्या फ्याक्चर भएको हात लिएर पुगिन, उनको यो हालत देखेर सहभागीहरु भन्थे कि सलमानले उनलाई पिटीएका हुन् ।
केहि वर्षपश्चात एक म्यागजिनमा दिएको इंटरभ्युमा ऐशले स्वीकारीन कि सलमानले उनलाई मारपीट गरेका थिए । उनले बताइन कि जव उनी सलमानको फोन रिसिभ गर्दैन थिइन् त सलमान उनीसँग झगडा गर्थे । आखिर उनीहरुको प्रेम कहानीको दुखद अन्त्य भयो ।
0 comments
Write Down Your Responses