अब चीनबाट इन्धन र ग्यास आउँछः भट्टराई
एमाले सचिव योगेश भट्टराईले विगतमा भएको गल्ती सच्याउन कांग्रेस तयार भए कांग्रेस सभापति सशील कोइराला राष्ट्रपति बन्न सक्ने बताएका छन् । ताप्लेजुङमा सञ्चारकर्मीसँग कुराकानी गर्दैउ उनले प्रधानमन्त्री निर्वाचनमा भएको कमजोरी सच्याए कोइरालालाई राष्ट्रपति मान्न तयार रहेको बताएका हुन ।
एकीकृत माओवादीले एमालेलाई राष्ट्रपति प्रस्ताव गरिसकेको भन्दै उनले कांग्रेसले गल्ती सच्याउन तयार नभए एमालेले छिट्टै राष्ट्रपति उम्मेदवार खडा गर्ने बताए । ‘विगतको गल्ती सच्यान तयार हुने हो भने १६ बुँँदे सहमतिका आधारमा सुशील कोइरालालाई राष्ट्रपति मान्न तयार छौं’ भट्टराईले भने–‘काग्रेस गल्ती सच्याउन तयार भएन भने एमालेले छिट्टै राष्ट्रपति उम्मेदवार खडा गर्छ ।’
संविधान बहिस्कार गरेर आन्दोलनमा रहेका मधेसवादी दलका नेतालाई राष्ट्रपति स्वीकार्न नसकिने बताउंदै उनले मधेसी मोर्चाले महन्थ ठाकुरलाई राष्ट्रपति स्वीकार्न नसकिने बताए । सचिव भट्टराईले भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन असामान्य बनेकामा सरकार गम्भीर रहेको भन्दै चीनबाट अत्यावश्यक बस्तु इन्धन र ग्यास आयात गर्ने प्रक्रिया सुरु हुनै लागेको बताए ।




0 comments
Write Down Your Responses