महिलाको शासन चल्ने यो गाउँमा मर्दको खाँचो छ
ब्राजिलको एउटा गाउँ नौइवा दो कोरडेएरो त्यस्तो ठाउँ हो, जहाँ मर्द पुरुषहरुको खोजी भइरहेको छ ।
अर्थात्, महिलाले भरिएको यस गाउँमा पुरुषको उपस्थिति नै छैन ।  
 यहाँका सुन्दर युवतीहरु विहे गर्न पुरुष नपाएपछि वयष्क बनिसक्दा पनि अविवाहित नै बस्नुपर्ने बाध्यता छ ।

गाउँका करिब ६ सय महिलाहरुले अविवाहित पुरुष भेटेकै छैनन् । तर, उनीहरु प्रेम र विवाहका लागि मर्द पुरुषको खाँचो रहेको बताउँछन् ।  

किन भयो यस्तो :  

यस्तो किन  भयो भने अधिकांश पुरुषहरु रोजगारीका लागि टाढाको सहरमा जाने गर्छन् । र घरायसी कामकाजको सबै जिम्मेवारी महिलाहरुको काँधमा आउँछ ।

गाउँले महिलाहरु घरायसी सबै काम गर्न बाध्य छन् । धेरैजसो महिलाहरु २० देखि ३५ वर्षका छन् । गाउँका महिलाहरु आकर्षक मर्दको खोजीमा त छन् नै । र उनीहरु विहे र प्रेमका लागि आकर्षक मर्दको सपना देखिरहेका हुन्छन् ।  

गाउँमा हुने हरेक काममा महिलाहरु आफैँ मिलेर गर्दैआएका छन् । त्यसो त, नौइवा दो कोरडेएरो गाउँ पूर्ण रुपमा महिलाको साशनमा चल्दैआएको छ । पुरुषको उपस्थिति नहुँदा पनि यो गाउँमा महिलाको साशन चल्दैआएको हो ।

कसरी चल्यो महिलाको शासन :

सन् १९४० मा एनीसियो परेरा नामका एक पादरीले यहाँको समुदायलाई मध्यनजर गर्दै एक चर्चको स्थापना गरेका थिए । उनले यहाँका बासिन्दालाई रक्सी पिउन नपाउने, संगीत सुन्न नपाउने र कपाल काट्न नपाउने जस्ता अनेक किसिमका कानुन चलाए ।

सन् १९९५ मा पादरीको मृत्यु भयो । त्यसपछि महिलाहरुले आफैँ यस्तो फैसला गरे की, अब कुनै पनि पुरुषले बनाएको कानुन पालना हुनेछैन ।

यसरी, यो गाउँ मूलतः महिलाहरुको शासनमा चल्न थाल्यो । पादरीको निदनपछि महिलाहरुले आफ्नो शासन त चलाए तर, पुरुषको अनुपस्थितिले महिलाहरु प्रेम र विवाहबाट बञ्चित हुने खतरा बढ्न थाल्यो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.