भारतीय दुतावासलाई युवाहरुले पेट्रोल दान गर्ने
काठमाडौं, असोज २० । नजिकको छिमेकी भनिएको भारतले नेपालमाथि नाकाबन्दी लगाइरहँदा नेपालस्थित भारतीय राजदूतावासले नेपाल आयल निगमसँग इन्धन माग ग¥यो ।

इन्धन अभाव भएको भन्दै दूतावासले काठमाडौंस्थित आयल निगमसँग पेट्रोलीयम पदार्थ उपलब्ध गराइदिन भन्दै परराष्ट्र मन्त्रालय मार्फत मंगलबार पत्र लेखेको थियो ।

तर, भारतीय राजदूतावासको यस्तो गतिविधिको आलोचना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले रचनात्मक अभियान चलाएका छन् ।

अधिकांश ट्विटरमा सक्रिय प्रयोगकर्ताहरुले ट्विटर ह्याण्डल ‘डोनेट ओइल इन्डियन एम्बेसी’ नामको ह्याण्डल बनाएर यस्तो अभियान चलाएका हुन् ।

ट्विटर प्रयागकर्ताहरुले बुधबार साँझ ३ बजे तेल संकलन गरी भारतीय राजदूतावासअघि गएर दान गरी ब्याङ्ग्यात्मक बिरोध गर्ने भएका छन् ।

उक्त व्यङ्ग्यात्मक कार्यक्रममा सहभागि हुन सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अनुरोध गरेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.