मोर्चा तीन दल वार्ता निष्कर्षबिहिन, नाका खोल्न नदिने मधेशी नेताको चेतावनी
प्रमुख तीन दलका प्रतिनिधीहरुले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता आज पनि विना निष्कर्ष सकिएको छ ।
सिंहदरवारमा भएको वार्तामा कुनै ठोस कुरा नभएको मधेशी मोर्चाका नेताहरुले जानकारी दिए । सरकारले ठोस प्रस्ताव आज पनि नल्याएको उनीहरुको आरोप थियो ।
वार्तास्थलबाट बाहिरिँदै मधेशी मोर्चाबाट वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले ३ दलले ठोस प्रस्ताव नल्याएका कारण मुख्य एजेण्डामा छलफल हुन नसकेको तर आज देखि वार्ता राजनीतिक छलफलमा भने प्रवेश गरेको बताए ।
संघीयतामा मधेशमा २ प्रदेशको मागमा सहमति नभए सम्म नाकाबन्दी खोल्न नसक्ने अडान आफ्नो रहेको वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले बताए ।
तीन दलीय वार्ता टोलीमा रहेका महेश आचार्यले भने नाकाबन्दी खुलाउन सरकार लागि रहेको बताए । यसरी धेरै दिन सम्म नहरने भन्दै उनले नाका खुलाउन सरकारले सबै प्रयास गर्ने जानकारी दिए ।
संविधानमा संघीय आयोगको ब्यवस्था सहित राजनीतिक सहमति पनि थपेर मात्र अघी बढ्ने मधेशी मोर्चाको अडान छ । मधेशी नेताहरुले २ प्रदेश मधेशमा हुनु पर्ने र राजनीतिक सहमति गरेर मात्र जान सकिने बताएका छन् ।
वार्ता पुनः बस्ने सहमति पनि २ पक्षबीच भएको छ ।
0 comments
Write Down Your Responses