आफ्नो यौन भिडियो भाइरल भएपछि श्रीमान/श्रीमतीले आत्महत्या गरे
भारतको देवास जिल्लाको एउटा गाउँमा पतिपत्नीले आफ्नो गोप्य क्षण आफ्नै मोबाइल फोनमा कैद गरेका थिए । उक्त मोबाइल हराएपछि उक्त पल भाइरल भएको थियो । घटनापछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ।
घटनाको छानविन गरिरहेको प्रहरीका अनुसार ३५ वर्षीया पुरुषको मोबाइल दुई वर्ष अघि हराएको थियो । मोबाइल पछि स्थानीय सन्तोषसँग फेला परेको थियो । सन्तोषले जब मोबाइल संचालन गर्न सकेनन् तब उनले मुकेश नामका युवालाई दिएका थिए । उनीहरुले मोबाइलबाट डाटा निकालेर मोबाइल भने अर्का युवक राजेन्द्रलाई दिएका थिए ।
प्रहरीका अनुसार केही दिनअघि उनीहरुको उक्त भिडियो भाइरल भएको थियो । यसरी आफ्नो निजी पलको भिडियो सार्वजनिक भएपछि दम्पत्तिले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ।
उनीहरुका एक छोरा र एक छोरी रहेको बताइएको छ। पुरुषका पिताले यस विषयमा सन्तोष, राजेन्द्र र किशोरविरुद्ध प्रहरीमा एफआइआर दर्ता गराएका छन् ।
प्रहरी अनुसान्धानबाट युवाहरुले उक्त भिडियो कयौका साथ बाँडेको खुलासा भएको छ। उनीहरुविरुद्धसमेत मुद्दा चलाइएको छ। एजेन्सी
http://goo.gl/0EVzHZ
0 comments
Write Down Your Responses