शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ? जानी राखौ...
सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित हुन्छ भन्छन्।
विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो।
त्यसैले पति-पत्नीले आफ्ना मनमा भएका दुःख तथा अप्ठयाराहरूलाई खुलस्त रूपमा एक-अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरेर समाधान खोज्नुपर्छ। यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा त्यसका लागि दुवैले केही समय निकाल्नुपर्छ।
कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन्। तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन।
के-कस्ता कुराले यौन क्रियाकलाप सहज बनाउन सहयोग गर्ला ?
बाकी यहाँ बाट
0 comments
Write Down Your Responses