छोरा वा छोरीका लागि कुन बार वा तिथीमा सम्भोग ?
सम्भोगलाइ स्त्री पुरुषको कामसुखलाई मात्र नलिई सम्भोग अर्थात स्त्री पुरुषको समागमबाट मानव सृष्टि हुने हुदा सम्भोगलाई बिशेष महत्वपूर्णको रुपमा लिइने गरिएको छ । तसर्थ सम्भोग एउटा गर्भाधानको प्रकृया पनि भएकाले ज्योतिषशास्त्रले गर्भाधान गर्नका लागि पनि निश्चीत केही दिनहरु उचित हुने किटान गरेको छ ।

जसमा स्त्रीहरु पर सरेको अर्थात रजस्वला भएको चारौ दिन उप्रान्त १६ रातसम्मको बेला गर्भाधानको लागि उपयुक्त मानिएको छ । ती १६ रातहरुमा जोर दिन अर्थात ६, ८, १०, १२ र १६ गतेको राती सम्भोग गरेमा गर्भमा छोरा वस्ने र विजोर दिन ५, ७, ११, १३ र १५ गतेको राती सम्भोग गरेमा छोरी बस्ने ज्येतिषीहरुको मत रहेको छ ।

तिथीहरुमा कुन तिथी स्त्रीसंगमका लागि उपयुक्त हुन्छन भन्ने कुरामा भने मत बाझिएको छ । कसैले पूर्णिमा एकादशी जस्ता पुण्य तिथीमा सम्भोग गर्दा राम्रो हुने गुणवान शिलवान छोराछोरी जन्मन्छन भन्ने गरेको पाइन्छ भने कसैले भने यस्ता पवित्र तिथीहरुमा र अरु पुण्य पर्वहरुमा स्त्रीसमागम नगर्नु भनेर समेत उल्लेख गरेको पाइयो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.