राजदूतको कडा चेतावनी, ‘विकल्पमा तेल ल्याउँदा भारतभन्दा अरुसँग नल्याउनु’
काठमाडौं, २१ असोज । अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रुपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ ।
वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रणजीत रायले वैकल्पिक उपायका रुपमा यस्तो सुझाव दिएका हुन् ।
रायले वैकल्पिक मार्ग भन्दै भारतबाटै हवाईजहाजमा पेट्रोल, डिजेललगायतका इन्धन ल्याउन सकिनेबारे भारतीय आयल कर्पोरेसनसँग कुरा गर्न सुझाव दिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
नेपालले भने सडक मार्गको सुरक्षामा कुनै समस्या नभएकाले पूर्ववत रुपमै इन्धनको सहजताका लागि पहल गरिदिन राजदूत रायलाई भनेको छ ।
विभिन्न देशबाट हवाईमार्ग हुँदै इन्धन ल्याउन आयल निगमले पनि पक्रिया सुरु गरेको छ ।


1 comments

One can suggest but none allowed to direct Nepal from where she should import / buy essential goods and services. Nepal needs services from reliable parties

Write Down Your Responses

Powered by Blogger.