भारतीय सरकारी गेष्ट हाउसमा बसेर महतोले चर्काए हिंश्रक आन्दोलन
भैरहवा, असोज २० । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा सीमापारीबाट भारतीय भूमि तथा भारततर्फको दशगजामा रहेका मोर्चाका कार्यकर्ताले हिंश्रक प्रदशन गरिरहेका छन् ।
उग्र प्रदर्शनकारीले नेपालबाट किनमेलका लागि भारत गएका एकजना युवालाई समेत सांघातिक आक्रमण गरेका छन् । नेपाली युवालाई धारिलो हतियार प्रयोग गर्दै शरीरका बिभिन्न भाग काटेका छन् । युवकको अवस्था गम्भीर छ ।

अध्यक्ष महतो मंगलबार राति त्यहाँ पुगेका थिए । उनलाई भारत सरकारले सरकारी गेष्ट हाउसमा बस्न दिएको छ ।
भारतीय भूमिमा प्रदर्शन गर्ने क्रममा मोर्चा कार्यकर्ताहरुले अहिले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्साइरहेका छन् ।

भारतीय सुरक्षाकर्मीको आड र संरक्षणमा हिंश्रम प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले गुलेलीबाट समेत गुच्छा हानिरहेका छन् ।

मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि बेलहिया नाका ठप्प रहेको छ । यो नाकाबाट बुधबार बिहानैदेखि कुनै पनि मालवाहक साधन भित्रेका छैनन् ।

मंगलबार राति नै भारतीय सरकारको गेस्ट हाउसमा पाहुना बनेका राजेन्द्र महतोको सुरक्षाका लागि त्यहाँ दोब्बर बढी भारतीय सुरक्षाकर्मी खटाइएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.