प्रधानमन्त्रीलाई भारतीय राजदुतको ‘धम्कीपूर्ण’म्यासेज, नाकाबन्दी थप कडा बनाउने चेतावनी
नेपालका लागि भारतीय राजदुत रञ्जित रोयले प्रधानमन्त्री सुशिल कोइरालालाई धम्कीपूर्ण म्यासेज पठाएका छन् । उनले भारतका लागि नेपाली राजदुत दीप कुमार उपाध्ययले सञ्चार माध्यममा भारतले तेल नदिए अन्य विकल्प पनि खोज्नुपर्ने भन्ने अभिव्यक्तिसंगै नाकाबन्दी थप कडा बनाउने भन्दै धम्की पू्र्ण म्यासेज पठाएको हुन् ।
स्रोतका अनुसार, भारतीय दुताबासले ‘आकाशबाट वा जमिन खनेर जहाँबाट ल्याए पनि ल्याउनुस् । संविधान संशोधन नभएसम्म नाकाबन्दी खुल्दैन ।’ भन्ने अभिव्यक्ति दिएको छ । यस्तैमा, भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरुले कार्यालयमै बोलाएर झपारे । सोमबार राजदूत उपाध्यायलाई विशेष रुपमा कार्यालयमै नाकाबन्दीको विषयमा हप्काएका हुन् ।
यता कांग्रेस, एमाले र एमाओवादीको प्रमुख तीन दलको सोमबार बैठकले तत्काल समस्या समाधानका लागि दुई देशका प्रधानमन्त्री स्तरमै वार्ता गर्ने बताइएको छ ।
http://goo.gl/zJOMhx




0 comments
Write Down Your Responses