प्रधानमन्त्री निवासअगाडि सय वर्षीया आमा अनशनमा
०१७ सालमा कांग्रेसको नेतृत्वमा उदयपुर गढी कब्जा गर्ने क्रममा तत्कालीन पञ्चायती शासकले लम्मीमायाका श्रीमान् बलमान मोक्तानलाई हत्या गरेको थियो । आफ्ना श्रीमानको सर्वस्व हरणसहित हत्या भएको लम्मीमायाको भनाइ छ । लम्मीमाया जेठो छोरासहित पशुपति क्षेत्रमा बस्दै आएकी छिन् ।
२००७ देखि ०४६ सालसम्म विभिन्न आन्दोलनमा घाइते भएका र सर्वस्वहरणमा परेकालाई सरकारले उचित सम्बोधन गर्नुपर्ने, सहिदसम्बन्धी हालसम्म बनेका ६ वटा आयोग र कार्यदलले दिएका सुझाव कार्यान्वयन हुनुपर्नेलगायत लम्मीमायाका माग रहेका छन् ।ansan at baluwatar (2)
आफ्ना मागबारे प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायलाई ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएपछि अनशन बस्नुपरेको उनको भनाइ छ ।
उनीसँगै अनशन बस्नेमा धादिङका ६६ वर्षीय सूर्यबहादुर सार्की, ९८ वर्षीय कुलबहादुर खत्री, भक्तबहादुर रजाली, यामबहादुर टमटा पनि छन् ।
०४६ को आन्दोलनमा छोरा सहिद भएको तर तत्कालीन आन्दोलन नेतृत्व गरेको दल कांग्रेसले बेवास्ता गरेकाले आफू अनशन बस्नुपरेको सूर्यबहादुर सार्कीको भनाइ छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस:
0 comments
Write Down Your Responses