“विज्ञानले भगवानको अस्तित्वलाई गलत साबित गर्दछ”-स्टेफन हकिङ्ग!
भगवान को हो? अझै भन्नुपर्दा, भगवान के हो? कहाँ छ? भगवानको अस्तित्वलाई कसरी बयान गर्ने? साँच्चै भगवान हुन्छ त?

यी प्रश्नहरूमा कहिल्यै विचार गर्नुभएको छ? यदि भगवान हुन्थ्यो भने खै त कहाँ छ? यो संसार के भगवानले नै सृष्टि गरेको हो त? जीवनको अस्तित्व के हो? यो प्रश्नको जवाफ न तपाईँलाई थाहा छ, न मलाई!!

तर प्रसिद्ध भौतिकविज्ञानको ज्ञाता ‘स्टेफन हकिङ्ग’को विचार र भनाइ सुन्नुभयो भने साँच्चै तपाईँहरू फेरि एकचोटि सोच्नुहुन्छ अनि भन्नुहुन्छ, “सहि हो!”

स्टेफन हकिङ्ग सानै देखि भगवानको विरुद्ध थिए। उनी जहिले भन्ने गर्थे, “मानिसको दिमागको पहुँच भन्दा अरू कुनै पनि वास्तविकताको अस्तित्व छैन।“



उनले गतसालको एक अन्तरवार्तामा के भनेका थिए भन्दा, “विज्ञानले भगवानको अस्तित्व माथि प्रश्न उठाउने मात्रै होइन, भगवानको अस्तित्वलाई गलत साबित पनि गर्दछ। जतिपनि धर्मका भगवानहरूको बेवकुफि गफ अनि जादुका कथाहरू छन्, ती सबै गफमा नै सिमित हुनुपर्दछ, किनभने त्यी कुराहरू विज्ञानसँग मेल खाँदैनन्।”

स्पेनको पत्रिकाको लागि गरेको अन्तरवार्तामा उनले भगवान प्रति आफ्नो धारणा व्यक्त गरेका थिए। “यो ब्रह्माण्ड सबै वैज्ञानिक घटनाको परिणाम हो तर यो कुनै भगवान वा सर्वोच्च प्राणीको कमाल होइन।”- उनले भने।


“विज्ञानको बारेमा थाहा नहुँदासम्म भगवानको विश्वास गर्नु ठिकै हो, किनभने यसको कारणले मानिसलाई कुन बाटो गलत अनि कुन बाटो सहि भन्ने कुराको ज्ञान हुन्छ। तर अहिले यो सबै विज्ञानको कमालको कारणले यो ब्रह्माण्डको अस्तित्वलाई वैज्ञानिक तवरले नै व्याख्या गरिसकेको छ, त्यसैले ‘ब्रह्माण्डको सृष्टि भगवानले गरेको हो’ भन्नु मूर्खता सिवाय अरु केहि होइन।”
भिडियो हेर्न  तल क्लिक गर्नुहोस:


0 comments

Write Down Your Responses

Powered by Blogger.