दलहरुको निषेधको राजनीतिले जनतामा निरासा : पूर्व राजा
पूर्वराजा ज्ञानेन्द्र शाहले सवैदलहरु मिलेर अघिबढ्नु पर्ने वेलामा निषेधको राजनीतिले जनातामा निरासा छाएको बताएका छन् ।
नयाँ वर्ष २०७२ सालको अवसरमा सोमबार जारी शुभकामना वक्तब्यमा पूर्वराजा शाहले २०७१ साल नेपाल र नेपालीका लागि उत्साहप्रद नरहेको उल्लेख गरेका छन् ।
‘सवै मिलेर, सबैमा सामान्जस्य ल्याई सबैलाई समेटेर जानूपर्ने संगिन क्षणमा परस्पर निषेध, विभेद र अनमेल भइराख्नु सूखद होइन’, उनले भनेका छन्, ‘मेरो धरातलीय अनूभवमा मैले बूझेको कूरा नेपाली जनता यतिखेर चरम चिन्ता, निराशा, वाधा, वेदना र वितृष्णाको स्थितिमा छन् ।’
निराशा र वितृष्णबीच नेपाली जनताले जागरुक हुने बेला आएको बताउँदै उनले जनशक्तिले राष्ट्रिय प्रगतिका लागि प्रयत्न गरिरहनुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन् ‘नियत र नियतीले जति नै निराशा, कूण्ठा र वेदना दिए पनि स्वाभिमानी नेपाली जनताले राष्ट्र र राष्ट्रियताका निम्ति जागरुक बन्नूपर्ने अहिलेको बेलाले देखाएको छ’, ।
उनले विगतका कटुता र तिक्तता पुनः नदोहोरिने कामना गर्दै नयाँ वर्षमा सुखद रहने आसा व्यक्त गरेका छन् ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.