फेल भएको भन्दै नदीमा हाम फालेका छात्रा एकै सलमा बेरिएको अवस्थामा फेला
खोजीमा जुटेका सशस्त्र प्रहरीले महाकाली पारी भारततर्फ बालिका एवं किशोरीको शव भेटिएको जानकारी दियो । प्रहरीले तीन जनाले एकअर्काको हातमा एउटै दुपट्टाले बाँधेर हामफालेका जानकारी दिएको छ ।
भारततर्फ भेटिएकी छात्राको शव नेपालतर्फ ल्याउन टोली खटिएको छ । चार जनाले सामूहिक रुपमा दुपट्टाले हात बाँधेर हाम फालेको र महाकालीमा बग्ने क्रममा एक जना छुट्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मृतावस्थामा भेटिएकी केटीको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । हराएकी अर्की केटीको खोजी भइरहेको छ ।
सोमबार बिहान राष्ट्रिय उमावि दत्तुमा वाषिर्ष परीक्षाको नतिजा लिएर घर फकिर्के क्रममा ममता चुनारा, पूजा कोली, नितु लोहार र नाम नखुलेकी १३ वर्षीया किशोरी महाकालीमा हामफालेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses