सैलुनबाट सुरु गरेर अर्बपति भएका रमेश
४३ बर्षिया रमेश बेंगलुरुको अनंगपुरमा बस्छन्। ७ बर्षको उमेरमा पिताको निधन भएको थियो। उनको पिताको बेंगलुरुको चेन्नास्वामी स्टेडियममा कपाल काट्ने पसल थियो। पिताको निधन पछि उनको आमा अन्यको घरमा खाना पकाउने काम गर्थिन, आफ्नो बच्चालाइ पालन पोषण गर्न सजिलो होस् भन्ने मनसायले। कपाल काट्ने पसललाइ भने महिनाको ५ भारु भाडामा अन्यलाइ दिइएको थियो।
आफ्नो आर्थिक अभावमै बावजुद रमेशले पढाइ जारी राखेका थिए। १२ कक्षामा असफल भएपछि उनले इंडस्ट्रियल ट्रेनिंङ इस्टिच्युटबाट इलेक्ट्रोनिक्समा डिप्लोमा सके। सन् १९८९ देखि आफ्नो पिताको कपाल काट्ने पसल फरक ढंगबाट उनैले सञ्चालन गर्न थाले। यसैबाट थोरै थोरै हुदै पैसा जम्मा पारी एउटा मारुती भ्यान किने। आफै नचालाउने हुँदा त्यो भ्यान पनि भाडामा अन्यलाइ चलाउन दिए उनले। सन् २००४ मा उनले आफ्नै ‘रमेश टुर एण्ड ट्राभल्स’ को सुरुवात नै गरे।
अहिले उनीसंग २५६ कारहरु छन्। जसमा ९ मर्सेडिज, ६ बिएमडब्लु, १ जगुआर र ३ ओडीका कारहरु छन्। रोल्स रोयस जस्तो मंहगो कार पनि चलाउछन् उनी जसको दिनकै ५०,००० भारु भाडा लिन्छन्। उनको साथमा ६० भन्दा बढी ड्राइभरहरु छन्। तर अहिले पनि उनले आफ्नो पुरानो काम भने छोडेका छैनन। हरेक दिन सैलुनमा २ घण्टा अझै पनि ग्राहको कपाल काट्ने गर्छन् उनी। सबैकाम समान हो, मेहेनत र दुरदृष्टी सोच भए सफल भइन्छ भन्ने उदाहरण बनेका छन् रमेश।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses