नेपालमा फेरि भूकम्पको धक्का
काठमाडौं, १७ जेठ । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो ।
गत वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि नेपालमा भूकम्प आउने क्रम जारी रहेका बेला आइतबार दिउँसो लमजुङमा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि हिजो राति १० बजेर १३ मिनेटमा काठमाडौंमा भूकम्पको कडा धक्का महसुस भएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.