सुनचाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?
मंगलबार सुनको भाउ तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने ५१ हजार १ सय ५० रुपैयाँमा पुगेको छ । सोमबार छापावाल सुन तोलाको ५१ हजार ७ सय र तेजाबी सुन तोलाको ५१ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रति तोलामा ५ रुपैयाँ घटेर मंगलबार ६ सय ८५ रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रति तोला ६ सय ९० रुपैयाँ थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses