'पत्रकारलाई अमेरिकाबाट मार्ने धम्की'
 ३ बिहीवार
काठमाडौं: चलचित्रसम्बन्धी समाचार र गसिप लेख्दै आएको अनलाइन फिल्मीबजार डटकमका पत्रकार श्यामसुन्दर (प्रसाद) गिरीले आफूलार्इ अमेरिकाबाट मार्ने धम्‍की आएको बताएका छन् ।

अभिनेत्री रेखा थापासँग नाम जोडिएका सुदर्शन गौतमले अमेरिकाको टेक्सास राज्यबाट फोन गरेर आफूलार्इ मार्ने धम्की दिएको दाबी गिरीले गरेका छन् ।

'सुदर्शनले मलार्इ फोन गरी अपशब्द बोल्दै काटेर हत्या गरी चोभारको डाँडामा र बागमतीमा फाल्ने चेतावनी पटक पटक दिए', उनले भने, 'धम्की आएपछि ज्यानको सुरक्षा गराइपाउँ भन्दै प्रहरी प्रशासनमा धाइरहेको छु ।'

फिल्मी समाचार सम्प्रेषण गरेकै आधारमा गिरीलाई मार्ने धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले विज्ञप्ति निकाले भर्त्‍सना गरेको छ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले निकालेको विज्ञप्तिमा भनिएको पत्रकारहरु व्यवसायिक सुरक्षाको लागि लडिरहेको अवस्थामा पटक पटक आउने यस्ता धम्कीले भौतिक सुरक्षाको कुरा अझै पनि पेचिलो रहेको उल्लेख गरिएको छ ।

समाचारमा चित्त नबुझेको विषयमा कानुनी रुपमा उपचारमा जान सकिने बाटोलाई छोडेर ज्यान मार्ने धम्की दिने व्यक्तिलाई निगरानीमा राखेर कार्वाहीको प्रक्रिया थाली पत्रकार गिरीको सुरक्षाको प्रत्याभुति दिलाउन युनियनले सरकारसँग माग गरेको छ ।

.भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.