शीतलनिवास-बालुवाटार डरलाग्दो कनेक्सन ! के के ‘षड्यन्त्र’ हुँदैछ ?
काठमाडौं, ४ असार । दलहरुबीच २५ जेठमा भएको १६ बुँदे सम्झौताले देशले संविधान पाउने आशा पलाएको छ । यो सहमतिपछि भावी प्रधानमन्त्री बन्ने दाउमा एमाले अध्यक्ष केपी ओलीले आफ्नो गृहकार्य थालिसकेका छन् ।
साउन पहिलो सातासम्म संविधान बनाउने गरी दलका शीर्ष नेताहरुबीच भद्रसहमति भए पनि प्रधानमन्त्री सुशील कोइराला आफैं निर्धारित मितिमा संविधान जारी हुन नदिने गेमप्लानमा लागेको रहस्य खुलेको छ ।
प्रधानमन्त्री कोइरालाको यो गेमप्लानलाई राष्ट्रपति डा. रामवरण यादवले सहयोग पु¥याइरहेको कांग्रेस निकट सूत्र बताउँछ । स्रोतका अनुसार पार्टीको भदौमा हुने भनिएको महाधिवेशनपूर्व प्रधानमन्त्री पद छाड्न नहुने अहिले कोइरालालाई उनका सहयोगी र नजिकका नेताहरुले सुझाव दिएका छन् । भर्खर मात्र सल्लाहकारमा नियुक्ति पाएकाहरुले दिनदिनै जसो कोइरालालाई सत्ता लम्ब्याउने योजना दिइरहेका छन् ।
पछिल्लो पटक कांग्रेसका नेताहरुले संविधानका मस्यौदा जनताकहाँ पर्याप्त छलफलका लागि पठाउनुपर्ने भन्दै लम्ब्याउन खोजेका छन् । कोइरालालाई राष्ट्रपति बनाउन आफूहरु तयार रहेको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएपछि त उनी महाधिवेशनमा पुनः सभापति हुने र शीतलनिवासका लागि बाटो तयार गर्ने खेलमा लागेका छन् ।
पार्टीको सभापति हुने, त्यसपछि विश्वासिलो पात्रलाई कार्यवाहक सभापति बनाएर शीलतनिवास पस्ने कोइरालाको योजना रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार कोइराला जस्तोसुकै अवस्थामा पनि कम्तीमा महाधिवेशनसम्म बालुवाटार छाड्ने मूडमा छैनन् । कोइरालाको यो गेमप्लानलाई राष्ट्रपति यादवले भित्रभित्र सहयोग पु¥याउने सहमति भएको छ, यसका लागि कांग्रेसका केही नेताहरु अहिलेदेखि नै यादवको पछाडि लागिसकेका छन्, जसले यादवलाई भावी कदममाथि जानकारी गराइएको छ ।
स्रोतका अनुसार महाधिवेशनसम्म सकेसम्म संविधान बनाउने कोर्स लम्ब्याउन पहिलो प्लान पास भएन भने ‘प्लान बी’ मा राष्ट्रपतिबाट मूभ गराउने कांग्रेसका केही नेताहरुको योजना छ । ‘प्लान बी’ मा संविधान बनेपछि जारी गर्ने काममा राष्ट्रपतिको भूमिका हुन्छ । राष्ट्रपतिले संविधानमा असहमत दलहरुलाई सहमत गराउन भनेर केही दिन कुराउने सोच बनाएका छन्, जो कांग्रेस नेताहरुको सल्लाहमा भएको छ ।
यो प्लान पनि फेल भए अन्तिममा सुशीलको राजीनामा स्वीकार गरेर सहमतिको सरकार बनाउनका लागि लामो समय वा पटकपटक म्याद थप्ने शीतलनिवासको योजना बनेको बालुवाटार निकट स्रोतहरुको दाबी छ । तोकिएको समयमा संविधान बनाउन उचित भूमिका नखेले एमाले र एमाओवादीले बहुमतीय सरकारको कोर्स अगाडि बढाउन सक्ने भय पनि बालुवाटार र शीतलनिवासमा छ ।
त्यसबाहेक १६ बुँदे सहमतिमा आफ्नो भूमिका नभएको भन्दै असन्तुष्ट भारतले पनि नयाँ खेल तयार पार्दै गरेको स्रोतहरु बताउँछन् । यसैमा कांग्रेसका केही नेता र मधेशवादी दलले भूमिका खेल्न सक्ने स्रोतको दाबी छ । आजको जनआहवान साप्ताहिकमा खवर छ ।
.भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.