नेपाल छिरेर भारतीयले गरे ड्युटीमा खटिएका नेपाल प्रहरीका जवानको हत्या
बाँकेको गहनापुर२ पिपरहवा चोक नजिक राझा चोकमा बुधबार बिहान भारतीय नागरिकले चगाएको यूपी ५३ बीए ७७८५ नम्बरको भारतीय जिपले ठक्कर दिएर प्रहरी जवान राम बहादुर पुनको हत्या गरेका हुन् ।
पुन प्रहरी चौकी गहनापुरमा कार्यरत थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । पुनरावेदन अदालत फैसला कार्यान्वन गार्ड दरबन्दी भएका पुनलाई राँझा चोकमा डिउटी जाने क्रममा उक्त जिपले ठक्कर दिएको थियो ।
प्रहरीले जिपलाई नेपालगंज उपमहानगरपालिका–५ स्थित सेतु बिक चोकवाट नियन्त्रणमा लिनुका साथै फरार रहेका चालकको खोजी गरिरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses