विवाहको झुठो आश्वासन दिएर यौनशोषण गर्ने वासिम पक्राउ
सम्सी–२ बस्ने २१ वर्षीय वासिमले जेठ १८ गते १३ वर्षीया किशोरीलाई विवाह गर्ने झुठो आश्वासन दिएर ललाइफकाइ भगाएर ११ दिनसम्म पटकपटक यौनशोषण गरेको र जेठ २८ गते घरमा ल्याएर छोडिदिएपछि किशोरीको विचल्ली भएको छ ।
ती किशोरीले असार २ गते आफ्ना अभिभावकको साथमा आएर वासिमविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट तत्काल खटी गएका प्रहरी टोलीले वासिमलाई पक्राउ गरेको हो ।
वासिममाथि प्रहरीले बुधबार साँझ नै जबर्जस्ती करणी मुद्दा दायर गरेको जनाएको छ । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses