भुकम्पको त्रासले बेलायत पुगेका भद्रगोलका निर्माता बेखबर
बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि अधिकांश कलाकार राहत वितरणका लागि विभिन्न स्थानमा पुगे । सिंगो देश नै पीडामा डुबिरहेका बेला सामान्य व्यक्तिदेखि हरेकले आफ्नो औकातले भ्याएसम्मको सहयोग भुकम्पपीडितका लागि गरे ।


कलाकार, फिल्म निर्माण युनिटदेखि कलाक्षेत्रका विषयगत संघहरु पनि राहत वितरण गर्न र पीडितहरुको घाउमा मल्हम लगाउन कोहि राहत र कोहि कार्यक्रम लिएर हिँडे । हाँस्य टेलिश्रृंखला तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी तथा भद्रगोल युनिटसम्म राहत वितरणका लागि विभिन्न ठाउँहरुमा निस्के र पीडितहरुलाई सहयोग गरे ।

तर पछिल्लो समय चर्चामा रहेको भद्रगोल हाँस्य टेलिश्रृंखलाका निर्माता तथा बेलासे पात्रका रुपले चिनिने सुवास कार्की देश शोकमा डुबिरहेका बेला परिवार सम्झँदै बेलायत पुगे । १२ गतेको भुकम्प र त्यसपछिका पराकम्पनका कारण उनी १६ गते नै उतै पुगे । कार्कीकी पत्नि लामो समयदेखि नै बेलायतमै छिन् भने उनीसँगै नेपालमा रहेका उनका छोरालाई पनि केहि समयअघि पढ्नका लागि भन्दै उतै पठाएका थिए कार्कीले ।

पत्नि बेलायत रहेका कारण समयसमयमा जाने आउने क्रम रहँदै आएपनि केहि समयअघि उनकी आमाको निधन भएपछि उनी एक्लो भएको सुनाउँदै उतै जाने कुरा सुनाएको उनका निकट बताउँछन् । तर, पछिल्लो समयमा चर्चामा आएको तथा लोकप्रिय बनेको हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा जिम्मेवार नागरिकका हिसाबले पनि उनी मुलुकमा परेको विपतको समयमा विदेशिनुलाई उनकै सहकर्मीले पनि उति राम्रो मानेका छैनन् ।

केहि समय टेण्डर विवादका कारण भद्रगोल प्रशारण हुन नसके पनि पछि विवाद मिलेर मिडिया हबमार्फत भद्रगोल प्रशारण हुन थालेको थियो । हरेक शुक्रबार बेलुकी ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने भद्रगोल भुकम्पपछि प्रशारण नभएका हाँस्य टेलिश्रृंखलाहरुसँगै प्रशारण नभए पनि गत साताबाट प्रशारण सुरु भएको छ भने अब निरन्तर प्रशारण हुने जनाईएको छ ।

भुकम्पले देश रोएको बेला परिवारले बोलाएको भन्दै बेलायत हानिएका उनी आफु लमी बनेर विवाह जुराएका भद्रगोलका कलाकार मधुसुधन पाठक ‘सिते बा’ को विवाहमा समेत सरिक भएनन् । केहि समयका लागि भनेर विदेशिएका उनी लामो समयसम्म फर्किएका छैनन् । परिवार नै बेलायत भएका कारण देशमा विपत आईलाग्दा समेत उतै पुगेका बेलासेले देश रोएका बेला पनि सहयोग गरेनन् भन्ने गुनासो सुनिन थालेको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.