पूर्वमन्त्री गुप्ता भन्छन्, ‘मैले त नछोएको ‘आइमाइ’ लाई किन अरुसँग सुत्न लगाउथें ?
काठमाण्डु, ७ जेठ– तमलोपा नेता एवं पूर्वमन्त्री वृजेशकुमार गुप्ताले आफूमाथि श्रीमती गंगालाई नोकरसँग सुत्न दबाब दिएको भन्ने आरोपको प्रतिवाद गरेका छन् ।

गुप्ताले उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन् । ‘जो आइमाइलाई म आफूले समेत छोएको छैन । उसलाई अरुसँग सुत्न दबाब दिने कुरा कसरी आयो ?’, गुप्ताले काठमाण्डु टुडेसँग भने, ‘मेरो बदनाम गराउने नियते गलत प्रचारबाजी भइरहेको छ ।’
सोमबार प्रकाशित एक साप्ताहिकमा अन्तर्वार्ता दिँदै गंगाले श्रीमान र परिवारका सदस्यले अन्य व्यक्ति प्रयोग गरेर बलात्कार गराउन खोजेको आरोप लगाइकी छन् ।
गुप्ताले गंगाले आरोपित गरे जसरी दाइजोको निहुँमा झगडा नभएको र आफूले यातना नदिएको दाबी गरे । ‘मधेसी समुदायमा बिहे पहिल्यै दाइजो माग्ने चलन हुन्छ’, उनले भने, ‘गंगाले बिहेको चार महिनापछि स्कोरपियो गाडी दाइजो मागेको आरोप लगाएकी छन्, जुन मधेसी संस्कार बुझ्नेहरुका लागि हास्यास्पद आरोप हो ।’
उनले गंगाले भन्दा पहिल्यै आफूले सँगै बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदका लागि कपिलवस्तु जिल्ला अदालतमा मुद्धा दिएको खुलासासमेत गरे ।
सम्बन्ध बिच्छेद भएपछि आफ्नो सम्पत्तिको हकदार बन्न नपाउने भएपछि केही राजनीतिक दलका नेतासमेतको उक्साहटमा गंगाले मिडिया प्रचारबाजी गरेको दाबी उनको छ ।
गुप्ताले आफूले नभई संगीताले विभिन्न सन्दिग्ध व्यक्तिहरु लगाएर आफ्नो ज्यान लिने धम्की दिएको बताए । गुप्ताले आफू कानून बुझेको व्यक्ति भन्दै मुद्धा अदालतमा विचाराधीन रहेका बेला थप केही बोल्न नचाहने उल्लेख गरे ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.