४९ वर्षको उमेरमा ४ सय ९२ पल्ट जेल
कुनै पनि अपराधी वा गलत काम गरेको मानिस कति पल्ट सम्म जेलमा पर्ला ? हालै मात्र एक अमेरिकी ४ सय ९२ पल्ट जेल गएको कुरा प्रहरीले सार्वजनिक गरेको छ भन्दा पत्याउन सायद गह्रो पर्ला । तर, यो कुरा साँचो हो ।

रोर्बट डि ब्रोन अहिले सम्म ४ सय ९२ पल्ट जेल परिसकेका छन् । अमेरिकाको नासभिइलमा बस्ने उनीलाई हालसालै मात्र सार्वजनिक ठाउँमा रक्सी खाएर फिट्टान भएको भनी समातेको छ । उनी हरेक पल्ट रक्सी खाएकै मामलामा जेल परेका हुन् ।

४६ वर्र्षीए ब्रोन हरेक दिन रक्सी सेवन गर्दछन् । कहिले काही सार्वजनीक स्थलमा नै रक्सी सेवन गर्छन् भने कहिले घरमा रक्सी खाएर वनि सार्वजनीक ठाउँमा आएर हल्ला गर्छन् । उनलाई पुलिसले हरेक पल्छ समात्छन् जेलमा लान्छन् एक दिन थुन्छन् र अब रक्सी नखाने बाचा गराएर पढाउँछन् । तर, उनी हरेक पल्ट बाचा गर्छन् र हरेक पल्ट रक्सी खाएर सार्वजनीक ठाउँमा आएको प्रहरीहरु जनाउँछन् ।

रक्सी खाएको मामलामा एक वा दुई दिन भन्दा जेल राख्न नपाइने भएकाले ब्रोनलाई हरेक पल्ट छोड्नु पर्ने प्रहरीहरुले बताएका छन् । यस्ता कार्यले समाजमा अन्य विक्रृती फैलाउने हुनाले प्रहरीहरु उनको यो कार्यले निकै नै तनावमा रहेको पनि बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.