समलिंगी भन्दै आफ्नो जोक बनाएपछि करण जोहरले दिए यस्तो जवाफ
मुम्बाई, असार १४ – भर्खरै अमेरिकाको सर्वोच्च अदालतले समलिंगी विवाहलाई आधिकारीकता दिएको छ । यस फैसलापछि एक व्यक्तिले करण जोहारलाई लक्षित गर्दै उनीबारे जोक बनाएपछि जोहरले त्यसको कडा प्रतिवाद गरेका छन् ।
प्रतिक मलहोत्रा नाम गरेका ती व्यक्तिले ट्विटरमा लेखेका छन्, ‘करणजी छिट्टै अमेरिकामा बिहे गर्नुहोला ।’ करणले पनि यस्तो जोकलाई त्यत्तिकै सहेनन् । उनले प्रतिउत्तरमा ट्वीट गरे , ‘ जब एउटा ठूलो परिवर्तन भएको छ । त्यस्तो परिवर्तनको कसैले ट्वीटरमा यसरी खिल्ली उडाइनु लज्जास्पद छ ।’
आजकल बलिउड स्टारहरु यसरी सर्वसाधारणले ट्वीटरमा गर्ने कमेन्टमा समेत प्रतिक्रिया देखाउन ढिला गर्दैनन् ।
केही समयअघि मात्रै अभिनेत्री विशाखा सिंहले आफूमाथि गरिएको एक अश्लिल कमेन्टको गतिलो जवाफ फर्काएकी थिइन् । त्यस्तै अभिषेक बच्चनले आफ्नी छोरी आराध्याका विषयमा जोक गर्नेमाथि पनि गतिलो प्रतिक्रिया फर्काएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses