पाँचतारेमा पत्रकारहरुका लागि रात्रिभोज आयोजना गरेर अर्थमन्त्रीले गुहार मागे
काठमाण्डु, ३२ जेठ– अर्थमन्त्रालयकै हाकिमहरुले खर्च गर्ने गरी अर्थमन्त्री रामशरण महत भारत भ्रमण जाने अघिल्लो दिन जेठ २५ गते नेपालका केही ठूला दैनिक, अनलाइनहरु र अंग्रेजी साप्ताहिक र साप्ताहिक म्यागजिनका सम्पादकहरुसँग गुनासो रात्रिभोज आयोजना गरेर हारगुहार गरेको थाह भएको छ ।
बेलुका ७ः७० बजेबाट राति १० बजेसम्म भएको रात्रिभोजमा अर्थमन्त्री महतले ‘मलाई मेरै पार्टीभित्रका मानिसहरुले बद्नाम गर्न खोजे, अहिले मलाई जे जे विषयमा विवादमा तान्न खोजिएको छ, त्यो मेरै पार्टीभित्रको समस्या हो, कांग्रेसभित्र विभिन्न ढंगले शक्ति संघर्ष सुरु भएको छ, त्यही कारणले मलाई बद्नाम गर्न खोजिदैछ’ भनेर सिनियर पत्रकारहरु र मिडियाले आफनो बचाउ गरिदिए हुन्न्थ्यो भन्ने मनसाय ब्यक्त गरेका थिए ।
सो  कक्टेल रात्रिभोजमा चलेका अखबारका सबैजसो सम्पादकहरु थिए ।
–साँघु साप्ताहिकबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.