बलात्कार अभियोगमा प्रहरी नै प्रहरीको नियन्त्रणमा
स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक पोखरेलका अनुसार चौधरीले बलात्कारको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको हो ।
चौधरी घरमा पैसा पठाउँछु भन्दै चौकीबाट बाहिरिएका थिए । त्यसपछि गाउँमा मदिरा सेवन गरी अन्य दुई महिलामाथि हातपात गरेको स्थानीयले बताए ।
गाउँभर वितन्डा मच्चाउँदै हिँडेको भन्दै स्थानीयले कारबाहीको माग गर्दै अमरपुर बजारमा प्रदर्शनसमेत गरेका थिए । चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses