सार्वाजनिक शौचालय प्रयोग गरेबापत पैसा पाइने !
 भारत, २६ जेठ-भारतको पश्चिमी नगर अहमदावाद महानगरपालिका क्षेत्रमा हाल धेरै व्यक्तिले सार्वजनिक स्थलमा दिसापिसाप गरिरहेकोमा यस्तो अवस्था अन्त्य गर्न यस नगर प्रशासनले यहाँका वासिन्दालाई सार्वजनिक शौचालयमा मलमूत्र गरेवापत पैसा दिने योजना तयार गरिरहेको छ ।

अहमदावाद महानरपालिकाले आफ्ना वासिन्दालाई सार्वजनिक खुला क्षेत्र तथा सार्वजनिक पर्खालमा दिसापिसाप गर्न रोकी उसले निर्माण गरेका ३०० सार्वजनिक शौचालयतर्फ आकर्षण गर्न त्यहाँ प्रवेश गरेको प्रतिपटकका लागि एक रूपैयाँ दिने निर्णय गरेको छ । यहाँका सार्वजनिक पर्खालमा प्रायः पिसावको दुर्गन्ध आउने गरेको बताइन्छ ।

यस महानगरपालिकाका स्वास्थ्य अधिकारी भाविक जोशीले अहमदावादका ६७ सार्वजनिक शौचालयमा यस्तो सुविधा प्रदान गरिने बताए । अहमदावाद पश्चिमी राज्य गुजरातको प्रमुख नगर हो ।

जोशीले यो परियोजना सफल भएमा यसलाई अहमदावादका ३०० शौचालयमा कायान्वयन गरिने बताए ।

गतवर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफाइ अभियानको घोषणा गरेका र जनतालाई शौचालयतर्फ आकर्षण गर्ने यो पछिल्लो प्रयास भएको अधिकारीहरुले बताएका छन् ।

भारतमा धेरै व्यक्ति शौचालयलाई अस्वस्थकर मान्छन् र खुलास्थानमा दिसापिसाप गर्न मनपराउँछन् । उनीहरू घरभन्दा पर गएर दिसापिसाप गर्दा घर बढी सफा रहन्छ भन्ने धारणा राख्छन् ।

अहमदावाद महानगरपालिकाको स्थायी समितिका अध्यक्ष प्रविण पटेलले यस प्रकारले पटकपटक सार्वजनिक रूपमा दिसापिसाप गर्ने व्यक्तिलाई पहिचान गरी पैसा दिई शौचालय प्रयोग गर्न अभिप्रेरित गरिने बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.