रौं नखौरिने निर्णय
१३ वर्षकै उमेरमा अनुहार र शरीरभरि रौा पलाएपछि हैरान भएकी अमेरिकी महिला अन्नालिसा हेकल्म्यानले अबआइन्दा रौं नखौरिने निर्णय गरेकी छन् । लोग्ने डेबिडले रौंले भरिएको उनको शरीरको तारिफ गर्न सुरु गरेपछि उनी यो निर्णयमा पुगेकी हुन् ।
 अन्नालिसा पोलिसिस्तिक ओभारिअन सिड्रोम नामक रोगबाट पीडित महिला हुन् । साथीहरूले रौंकै कारण नराम्रो देखिएको भन्दै उपहास गर्न थालेपछि अनुहार र शरीरको अन्य भागको रौं खौरिन थालेकी हुन् । केही समय अघिसम्म पनि साताको २ पटक उनी रौं खौरिने गर्थिन् । डेबिडसाग ५ वर्ष लामो दाम्पत्य जीवन बिताइसकेकी उनी भन्छिन्, 'मलाई थाहा छ, डेबिडलाई रौंले भरिएको मेरो अनुहार र शरीर मन पर्दैन तर उनी मलाई औधी माया गर्छन् त्यसैले रौं भए पनि फरक पर्दैन भनेका हुन् ।'
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.